रुरुक्षेत्र गाउँपालिकाले सम्पन्न गर्यो गाउँसभा
कृष्ण अन्जान
पुष २७
रुरुक्षेत्र
बिभिन्न ऐन र सँसोधित बजेट विनियोजन पारित गर्दै रुरुक्षेत्र गाउपालिकाले गाउ सभा सम्पन्न गरेको छ ।
गाउँ पालिकाको नगर प्रहरी सम्बन्धि ऐन २०७९, रुरुक्षेत्र गाउँपालिकाको साझेदारी कार्यक्रम सन्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन २०७९ र रुरुक्षेत्र गाउँ पालिकाको सँसोधित बजेट विनियोजन पारित गर्दै रुरुक्षेत्र गाउँसभा बुधबार गाउँपालिकाको सभाहल घ्युवेसिमा सम्पन्न भएको छ ।
गाउँसभा एवं पालिकाका अध्यक्ष यदु ज्ञवालीले गाउँसभाको सुरुवात गर्नु भएको थियो ।
उपाध्यक्ष मिना गौतमले बिनियोजित बजेट प्रस्तुत गर्नु भएको थियो ।
गाउँ कार्यपालिका सदस्य दुर्गा बिकले नगरप्रहरी सम्बन्धि ऐन २०७९ र रुरुक्षेत्र गाउँपालिका साझेदारी सन्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन २०७९ लाई प्रस्तुत गर्नु भएको थियो ।
विषय वस्तु हरुमाथि गाउँ पालिकाका सभासद हरुबिच छलफल भएपछि ध्वनीमतले पारित गरिएको थियो ।
मुख्य रुपमा गाउँपालिकाको नीति कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउने, गाउँपालिकाको सम्पति सुरक्षा र सँरक्षण गर्ने,लगाएतका ३६ बुँदामा समेटिएका कामकर्तव्य र अधिकार रहने गरि नगरप्रहरी सम्बन्धि ऐन २०७९ पारित गरिएको छ ।
यसैगरी निजि तथा गैर सरकारी क्षेत्र सँगको साझेदारीमा शिक्षा,स्वास्थ,कृषि पशुविकास रोजगारी आयआर्जनको अवसर,पुर्वाधार निर्माण लगाएतका क्षेत्रमा साझेदारीको माध्यमबाट सर्वसाधारणलाई सर्वशुलभ रुपमा सेवा उपलब्ध गराउन रुरुक्षेत्र गाउँपालिकाले यो ऐन बनाएको उल्लेख छ ।
गाउँसभामा रुरुक्षेत्र गाउँ पालिकाका वडाध्यक्ष वडासदस्य कार्यपालिका सदस्य कर्मचारी तथा सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो । गाउँ सभामा कार्यपालिका सदस्य समेत रहेका वडा न ३ का वडाध्यक्ष शेषनारायण पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।