छत्रकोट गाउँपालिका गुल्मीको १४औ अधिबेसन सुरु, रकमान्तर र साझेदारी कार्यक्रम संचालन ब्यवस्थापन ऐन २०७९ पेश
थमन रास्कोटी
पुष २९
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका गुल्मीको १४ औ अधिबेसन आजबाट सुरु भएको छ । अधिबेसनमा बिभिन्न योजनामा बिनियोजन गरि काम हुन नसकेका र बिभिन्न शिर्षकमा बचेको रकम नयाँ योजनामा रकमान्तर गर्ने र गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन ब्यवस्थापन ऐन २०७९ सभामा पेश गरिएको थियो ।
गाउँपालिका एवं गाउँसभा अध्यक्ष रामप्रसाद पाण्डेयको अध्यक्षतामा संचालित सभामा सामाजिक बिकास समिति संयोजक गुणाकर ज्ञवालीले अर्धबार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिबेदनमा यस आर्थिक बर्षमा सुरु भएका सडक लगायतका पूर्वाधार र नागरिक सचेतना तथा पंजिकरणका काममा सतप्रतिशत नतिजा प्राप्त भएको उल्यख गरिएको छ ।
लेखा समिति संयोजक नरेन्द्र पल्लिले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिबेदनमा गत र यस आर्थिक बर्षको बेरुजु रकम नियमित गर्ने बिषय उल्यख गर्नु भएको थियो ।
गाउँपालिका उपाध्यक्ष एवं राजस्व परामर्स समिति संयोजक साबित्रा ज्ञवालीले बजेट योजना संसोधन रकमान्तर तथा योजना तर्जुमा पेस गर्नु भएको थियो । करिब ४ करोड ५० लाख बराबरको नयाँ योजनामा रकमान्त गर्ने प्रस्ताब पेस गर्नु भएको थियो । रकमान्तर तथा योजना तर्जुमा सर्वसहमतिमा परित भएको छ ।
छत्रकोट गाउँपालिका गुल्मीको साझेदारी कार्यक्रम संचालन ब्यवस्थापन ऐन २०७९, बिधायन समिति संयोजक नारायण रेस्मिले पेस गर्नु भएको थियो । ऐनको बिषय छलफलमा छ । यसका बिषयमा माघ ३ गते बस्ने बैठमा निर्णय हुने बताईएको छ ।

सोहि अवसरमा स्थानिय समाजसेबी कृष्ण पन्तलाई नगद सहित सम्मान गरिएको थियो । पन्तले स्त:हस्फुर्त रुपमा बिगत केहि बर्ष देखि निरन्तर बाटो मर्मतको काम गरि सेवा गरि रहनु भएको छ ।
गाउँपालिका एवं गाउँसभा अध्यक्ष राम प्रसाद पाण्डेयले पेस गरिएका बिषयमा बोल्दै अधिबेसन माघ ३ गते ,सम्मको लागि स्थगित गर्नु भएको छ । बैठक न माघ ३ गते पुन: बस्ने छ ।
यस आर्थिक बर्षको लागि छत्रकोट गाउँपालिकाको अनुमानित करिब ५५ करोड बढिको बजे बिनियोजन गरिएको छ । जस मध्ये ६ महिनामा चालु र पूजीगत गरि ११ करोड १९ लाख बढी, करिब २० प्रतिसत रकम मात्र खर्च भएको छ ।
अधिबेसन प्रमुख प्रसासकिय अधिकृत बीर बहादुर पुनले सन्चालन गर्नु भएको थियो ।