छत्रकोट गाउँपालिकामा पशु स्वास्थ्य सिबिर सम्पन्न,२० जनालाई रेबिज बिरुद्घको खोप प्रदान ।
माघ ७
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका गुल्मीले पशु स्वास्थ्य सिबिर सम्पन्न गरेको छ । वडा नं. ५ खज्र्याङ्गमा हिजो शुक्रबार स्वास्थ्य सिबिर सम्पन्न गरेको हो । सिबिरमा १ सय २० जना किसानका ५ सय पशुलाई बिभिन्न उपचार र खोप लगाईएको थियो सोहि अवसरमा १५ जना स्थानियका र बजारका छोडुवा गरि २० वटा कुकुरलाई रेबिज बिरुद्घको खोप लगाईएको पशु शाखा प्रमुख टेक बहादुर खनालले बताउनु भयो ।
गाउपालिकाले हिजो स्थानिय २० जनालाई रेबिज बिरुद्घको खोप प्रदान वगरेको छ । यसको नियन्त्रको लागि अभियान सुरु गर्न लागेको प्रमुख प्रसासकिय अधिकृत बीर बहादुर पुनले बताउनु भयो । थप खोपको लागि पहल गरिको र छिट्टै थप मात्रा खोप प्रप्त हुने बिस्वास ब्यक्त गर्नु भयो ।
वडा अध्यक्ष रामप्रसाद ककडेलले रेबिजको प्रकोपको खतरा बढेकोले सतर्क रहन र कुनै समस्या भए तुरुन्तै सम्पर्क गर्न स्थानियलाई आग्रह गर्नु भयो ।
खज्र्याङकै डालप्रसाद पन्थीको भैसीमा रेबिज भएको पुष्टि भएको छ । उहाकोे भैसी केहि दिनदेखि बिरामी परेको थियो । बिहिबार भैसी मरेपछि भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्ले नेतृत्वको प्राविधिक टोली पन्थीकोमा हिजो शुक्रबार पुगेका थिए । रेबिज परिक्षण गर्दा पुष्टि भएको केन्द्रका प्रमुख काफ्लेले बताउनु भयो । उहाकोे पहिले पनि एउटा भैसी मरेको थियो । त्यो भैसी मरेको केहि दिनमा अर्को भैसी बिरामी परेकाले अहिले रेविज परिक्षण गरिएको थियो । पन्थीको सिद्धि बिनायक कृषि तथा पशुपंक्षी फर्ममा १४ वटा भैसी छन् । एकपछि अर्को भैसी बिरामीहुँदै मर्न थालेपछि पीडा भएको बताउनु भयो ।