कटुवाल प्रथाका जिउँदा इतिहास,वीर बहादुर दमाई र ज्योती दमाई ।
कृष्ण अन्जान
माघ १९
रुरुक्षेत्र गाउपालिका गुल्मी
जिवनका एकासी वर्ष रुरुक्षेत्र ३ थानपतिका वीर वहादुर दमाई र पचहत्तर वर्ष पार गरेका रुरुक्षेत्र ३ का ज्योति दमाई यो क्षेत्रका पुराना सन्चार माध्यम बनेका कटुवाल प्रथाका जिउँदा इतिहास हुन ।
थानपतिका वीर बहादुर दमाईले साठी वर्ष थानपतिमा कटुवाल काम गरेर बिदा भएको पनि आठ दस वर्ष हुन लाग्यो भने रुरुक्षेत्र १ च्यूरेकका ज्योती दमाईले पनि करिब साठी वर्ष यहि कटुवालको काम गरे ।
सरकारी जागिर गरेको भए तिनवटा पिन्सिन हुन्थ्यो,जिन्दगी दमाहा ठटाएर चिच्याउँदैमा बित्यो स्थानीय स्यालपोखरीमा भेटिएका वीर बहादुरले भने।यी दवै जना पुर्ख्यौलि थलोमा खन खोरसमा दिन कटाउँछन,गाउँको मायाले गाउँ छाडेका छैनन ।
छोरा हरुले बटौली तिर ठुलै घर बनाएका छन जाम बा भन्छन तर गाउँ छाड्न मन लाग्दैन वीर वहादुरले भने । कुनै समय थियो वीर वहादुरले माझगाउँ तिर ज्योति दमाइले च्यूरेक तिर दमाहा बजाउन थालेपछि गाउँमा केहि हुँदैछ भन्ने सँकेत हुन्थो र दमाहाले गाउँलेको ध्यान केन्द्रित गरेपछि हाक हालेर वहाँले सुचना सम्प्रेषण गर्थे ।१९९९ सालमा रुरुक्षेत्र ३ को माझगाउँ मा जन्मेका वीर बहादुर दमाई र २००४ सालमा रुरुक्षेत्र १ को च्यूरेक गाउँमा जन्मेका ज्योति दमाई समकालीन दमाली हुन।
वीर बहादुर १५ वर्षको हुँदा र ज्याती दमाई ११ वर्षको हुँदा बाबुबाजेले धानेको कटुवालको जिम्मेवारि लिएका हुन । वीर बहादुर र ज्योति दमाई भन्दा पहिले उनिहरुका वाउबाजेका धेरै पुस्ताले माझ गाउँ र च्यूरेकमा हाक हालेको इतिहास छ ।
वीर वहादुर र ज्योति दमाईको यहि पुस्ताबाट हाक हाल्ने कामको अन्तत्य भएको छ ।निशुल्क स्वयँसेवा को काममा रहेको यो पेशा मा गाउँमा कसैले निमेक दिइहाले लिने तर खासै केही नलिइकन आफुले बाबुबाजेको पेशा सम्हालेको उनिहरुको भनाई छ ।
गाउँका बाटा घाटा विध्यालय पाौवा खानेपानी लगाएत विकास निर्माणमा गाउँलेलाई जुटउनेकाम कटुवालकै हुने गर्थ्यो गाउँका सभा सम्मेलन गाउँसभा र विकासे कामका आम भेला र बाटो घाटो कुला पधेरा विध्यालय बनाउन हाकहालेरै गाउँ बोलाउने,लामो समय हाकहालेका रुरुक्षेत्र ३ का वीर बहादुर दमाईलाई वडा कार्यालयले सम्मान गरेका तर, यो कामबाट बिदा लिएपनि राज्यले आफ्नो पेशाको सम्मान नगरेकोमा दुखि छन रुरुक्षेत्र १ च्यूरेकका ज्योती दमाई ।
नजिकैको थानपतिमा कटवालको पेशाबाट बिदा लिँदा कटवाल बिरबहादुर परियारलाई सम्मान गरेको सुनेको छु तर मलाइ कसैले सोधखोज गरेन दुखि हुँदै ज्याति दमाई ले भने । हामिले राज्यले केही देओस भनेका छैनौँ मात्र सातौँ पुस्ता सम्म हाम्रो परिवारले गरेको कटवाल पेशाको सम्मान हुनुपर्छ एउटा प्रमाणपत्र भए पनि पायौँ भने पछिल्लो पिँढीले हाम्रो पुस्ताले यो काम गरेको रैछ भनेर सम्झने थियो गुनासो सुनाए ज्योती दमाईले ।
निश्चय पनि पुरानो कटुवाल प्रथाबाट बिदा लिएका वीर बहादुर दमाई र ज्योति दमाई कटवाल प्रथाका जिउँदा इतिहासको रुपमा रहेको थोर्गाबाट पत्रकार कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।