लुम्बिनीमा रामकथा प्रवचन शुरु
माघ २५
लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा हिजो देखि रामकथा प्रवचन शुरु भएको छ । भारतीय ख्यातीप्राप्त सन्त कथावाचक मोरारी बापुबाट लुम्बिनीमा रामकथा वाचन शुरु भएको हो ।
९ दिनसम्म चल्ने प्रवचनमा नेपाल बाहेक भारत लगायत विश्वभरका दुई हजार बढी श्रद्धालु लुम्बिनी आएको बताईएको छ।
आध्यात्मिक गुरु मोरारीले यसअघि नेपालमा सन् २०२१ मा मुक्तिनाथ, २०२२ मा जनकपुरमा कथा वाचन गरिसकेका छन ।