गुल्मीमा पहिलो पटक पशुको भिडियो एक्स–रे सेवा सुरु
माघ २५
गुल्मीमा पहिलो पटक पशुको भिडियो एक्स–रे सेवा सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले यो सेवा सुरु गरेको हो। पशुको भिडियो एक्स–रे सेवा सुरु भए पछि स्थानीय कृषकहरु खुसी भएका छन् ।
लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको हो ।
भिडियो एक्स–रेबाट पशुहरुको बाँझोपनको समस्या र गर्भ परीक्षण गरिने छ।
किसानका घर–घरमा पुगेर पशुहरुको भिडियो एक्सरे गर्न पालिकाका प्राविधिकमार्फत तथ्याङ्क सङ्कलन भइरहेको छ । इस्मा गाउँपालिकाको विभिन्न्न स्थानबाट यो सेवा सुरु गरिएको हो ।
किसानको मागअनुसार यो सेवालाई जिल्लाका सबै स्थानमा पुर्याइने बताईएको छ ।