छत्रकोट गाउँपालिकामा करिब ११ करोड बढीको खानेपानी आयोजना सिलन्यास, वडाका ८० प्रतिसत नागरिकले पानी पाउने ।
थमन रास्कोटी
माघ २६
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका वडा नं. ५ खर्ज्याङ्ग बुछुङ्दी चिसापानी गुल्मीमा बृहत् पम्पिङ्ग खानेपानी आयोजनाको आज एक समारोहका बिच सिलन्यास गरिएको छ ।
संघिय सरकारको करिब ११ करोड ४६ लाख ८ हजार ४४ रूपैया लगतमा निर्माण सम्पन्न हुने आयोजनाको सिलन्यास गर्दै गाउँपलिका अध्यक्ष रामप्रसाद पाण्डेयले निर्माणकार्यमा गाउँपालिकाले आवस्यक सहयोग गर्ने बताउनु भयो ।
प्रमुख प्रसासकिय अधिकृत वीर बहनदुर पुनले २०८१ सउन १६ गते सम्ममा योजना सम्पन्न हुने बिस्वास ब्यक्त गर्नु भयो ।
उपभोक्ता समितिका सचिब कमल पाण्डेयले आयोजना सम्पन्न भएपछि खर्ज्याङ्गको ८० प्रतिसत र वडा नं.३ को केही भेगले सहज रूपमा खानेपानी पाउने बताउनु भयो ।
उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहनदुर बुचाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रामप्रसाद कडेल वडा सदस्यहरू पूर्व वडा अध्यक्ष कृष्ण पन्त लगायतको सहभागिता रहेको थियो ।
निर्माण ब्यवसायी पुरूषोत्तम पौडेलले १८ महिना भित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।