छत्रकोट गाउँपालिकामा जारी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न, २० पदक सहित आत्मबोध माबि प्रथम ।
थमन रास्कोटी
माघ २८
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका गुल्मीमा २६ गते देखि जारी पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
२८ खेल मध्ये, २० खेलमा पदक जितेर आत्मबोध माद्यामिक बिद्यालय प्रथम भएको छ । जसमा १४ स्वर्ण ४ रजत र २ कास्य पदक रहेको छ ।
आदर्श माबिले १५ पदक हातपर्दै दोस्रो भएको छ । जसमा ४ स्वर्ण ४ रजत र ७ कांस्य पदक रहेका छन ।
श्रृङ्गा जनता मा बिले १० पदक जितेर तेस्रो भएको छ । जसमा ४ स्वर्ण २ रजत र ४ कांस्य रहेको छ ।
जनज्योती माबिले ३ स्वर्ण १ रजत र ३ कांस्य पदक जितेर चौथो भएको छ
वडा नं. ३ भेडुवा बुढाचौरमा सम्पन्न प्रतियोगितामा भलिबल,कबड्डी एथलेटिक्स तर्फ ट्र्याक र फिल्डका विभिन्न खेलमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा १४ बिद्यालयका बिद्यार्थी सहभागी भएका थिए।
छत्रकोट गाउँपालिकामा, १ संस्थागत संगै १० माध्यमिक र ३४ आधारभुत बिद्यालय छन । राष्ट्रपति रनिङ सिल्ड लगातार चौथो बर्ष पनि आत्मबोध माद्यामिक बिद्यालयले जितेको हो।
आज एक सारोह बिच बिजयी बिद्यालयलाई गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेय, उपाध्यक्ष साबित्रा ज्ञवली, प्रमुख प्रसासकिय अधिकृत बीर बहादुर पुन, खेल संयोजक झक बहादुर मिधुन वडा अध्यक्षहरु लगायतले पदक तथा सम्मान प्रदान गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण शिक्षा शाख प्रमुख टिकाराम आचार्यले गर्नु भएको थियो ।