रुरुक्षेत्र गाउपालिकाले भौतिक निर्माण तथा ढुङ्ग,गिट्टी खानी ब्यवस्थीत गर्ने
फागुन २
रुरुक्षेत्र गाउपालिका
रुरुक्षेत्र गाउपालिका गुल्मीले भौतिक निर्माण तथा ढुङ्ग,गिट्टी खानी ब्यवस्थीत गर्ने भएको छ । मंगलबार, गाउपालिकामा दर्ता भएका ‘घ’ बर्गका निर्माण ब्यवसायी र गाउपालिका भित्र संचालित संघ,प्रदेश र गाउपालिका बाट संचालित योजनका निर्माण ब्यवसायी संग छलफल गर्दै, निर्माण तथा जनस्वास्थ्यका बिषयमा रचनात्मक ढंगले अगाडी बढ्ने सहमती भएको छ ।
गाउपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता भएको छलफलले समय अनुसार खोला तथा खानी बाट निर्माण सामाग्री उत्खनन् गर्ने, अनिवार्य खानी दर्ता गरि ब्यवस्थीत गर्ने, निर्माण ब्यवसायी र योजनका तर्फ बाट बायु प्रदुषण नियन्त्रण गर्ने र अनुगमन नियमनलाई सबै क्षेत्रबाट सहयोग गर्ने निष्कर्ष निकालेको छ ।
निर्माण ब्यवसायी भागवत गिरीले समयमा गुणस्तरिय निर्माण सम्पन्न गर्न सबै क्षेत्र बाट रचनात्मक सहयोग आवस्यक रहेको बताउनु भयो । उहाले निर्माण तथा निर्माण सामाग्री उत्खनन् सम्बन्धि निती नियम भुगोलका कारण ब्यवहारीक नभएकोले यसलाई ब्यवहारीक रुपमै सहजिकरण गर्नु पर्ने बताउनु भयो ।
गाउपालिका अध्यक्ष यदु ज्ञवालीले समयमा गुणस्तरिय निर्माण सम्पन्न गर्न गाउपालिकाले अधिकतम लचकता अपनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाले प्रदुषण नियन्त्रण गर्न र खोला तथा खानी बाट निर्माण सामाग्री उत्खनन् गर्न समय थप गर्न निर्देशन समेत दिनु भयो । छलफलमा गाउपालिका उपाध्यक्ष मिनादेबी गौतम निमित्त प्रमुख प्रसासकिय अधिकृत छत्र बहादुर अधिकारी वडा अध्यक्षहरु, संचारकर्मी, सुरक्षाकर्मी र निर्माण ब्यवसायीको सहभागिता रहेको थियो । छलफलको सहजीकरण दामोदर ज्ञवालीले गर्नु भएको थियो ।