नवप्रवर्तनको साझेदारी बाट बसाइँसराइ रोकिने रुरुक्षेत्र गाउँपालिका अध्यक्ष ज्ञवालिको बिश्वास
फागुन ५
रुरुक्षेत्र गाउपालिका
नवप्रवर्तन साझेदारी कोष कार्यानयनको लागि रुरुक्षेत्र गाउँपालिका गुल्मीमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय सरोकारवाला बिच आज गाउँपालिकाको कृषि हलमा भएको अन्तरकृयामा लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रुरुक्षेत्र गाउँपालिका बिच नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन बिषयमा रुद्रहरी गिरिले जानकारी गाराउनु भएको थियो ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले यस कार्यक्रम बाट शिक्षामा नयापन र सिकाइ उपलब्धी बृदी गर्न सके शिक्षाको लागि हुने बसाइसराइ रोक्न सकिने बिस्वास ब्यक्त गर्नु भयो । उहाले यस साझेदारीले अबसर ल्याएको बताउनु भयो। चुनौती सङ्गै अबसर हुने भएकाले कार्यनयनमा केही चुनोती भएपनी अबसर पनि नवप्रवर्तनले ल्याएको बताउनु भयो ।
प्रदेश भरिका ३० पालिकामा नवप्रवर्तन साझेदारि कोष कार्यक्रम सम्झौता गरिएको जसमध्ये गुल्मिमा ३ पालिका मध्धे रुरु छेत्र गाउपालिकामा डिजिटल शिक्षा मार्फत माध्यमिक बिद्यालय्का बालवालिकाहरुको सिकाइ उपलब्धी अभिबृदि गरि जीवन उपयोगी सिकाइमा योगदान दिने उदेश्य रहेको छ ।