नेपाली कांग्रेस धुर्कोट गाउँपालिका वाड नं। ५, बस्तुको आयोजनामा ७३अौँ प्रजातन्त्र दिवसको पावन अवसरमा गाउँ भेला भब्य रुपमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि डा। दामोदर भुसालले प्रजातन्त्र प्राप्तिको लागि नेपाली कांग्रेसले प्रमुख भुमिका खेलेको बताउदै यसको रक्षाको लागि पार्टी एकढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।उहाँले लोकतन्त्र पुर्ण रुपमा संस्थागत भई नसकेको अवस्थामा नेपाली कांग्रेसका कार्यकर्ताले लोकतन्त्र संस्थागत गर्नको लागि घात अन्तरघातबाट माथि उठी बृहतर एकता कायम गर्न जरुरी रहेको बताउनुभयो साथै नेपालका कम्युनिस्टबाट लोकतन्त्रको विकास र रक्षा सम्भव नभएको बताउँदै कांग्रेसको सत्तारोहण छिटै हुने बताउनुभयो । कृषि नेपाली अर्थतन्त्रको प्रधान आधार हो । यस क्षेत्रको विकास विना देशको विकास नहुने भएकोले कार्यकर्तालाई कृषि उध्यमशिलतामा जुट्न आह्वान गर्नुभयो ।
पार्टी सभापति श्री युवराज पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पार्टी सचिव श्री बैकुण्ठ पन्थीले गर्नुभएको थियो भने महा समिति सदस्य डा। दामोदर भुसाल प्रमुख अतिथि, ने।का। जिल्ला उपसभापति श्री शिव बहादुर खत्री तथा महाधिवेशन प्रतिनिधि श्री महेन्द्र प्रसाद भण्डारी विशेष अतिथि र प्रदेश सदस्य श्री रविन्द्र घिमिरे समाजसेवी श्री ढुण्डिराज शर्मा भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
नेपाली कांग्रेस वडा उपसभापति श्री लेखनाथ भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस धुर्कोट गा।पा। सदस्य श्री नारायण प्रसाद पाण्डे, प्रदेश सदस्य श्री रविन्द्र घिमिरे, पुर्व वडा अध्यक्ष श्री ढुण्डिराज भण्डारी, महाधिवेशन प्रतिनिधि श्री महेन्द्र प्रसाद भण्डारी, जिल्ला उपसभापति श्री शिव बहादुर खत्री महासमिति सदस्य डा। दामोदर भुसालले शुभकामना मन्तव्य राख्नुभएको थियो । पुर्व वडा अध्यक्ष श्री ढुण्डिराज भण्डारीले शुभकामना मन्तव्य दिदै आफ्नो कार्यकालमा भए गरेका विकास निर्माणका कामको बारेमा जानकारी गराउनुभएको थियो ।
भेलाले फाल्गुन ३ गते काठमाडौंमा ग्यास लिक भएर घाइते हुनुभएका गुल्मी क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य माननीय डा।चन्द्र भण्डारीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक उहाँकी ममतामयी माता हरिकला भण्डारीप्रति श्रद्धाञ्जली प्रकट गरेको थियो ।