गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा ३ दिन सम्म सञ्चालित रास्ट्रपति रनिङ्ग शिल्डको उपाधी जनबोध माविले आफ्नो हातमा पारेको छ। ५ स्वर्ण , ७ रजत र ५ कास्य सहित वडा नम्बर ४(५ को जनबोध माध्यमिक बिद्यालय कुल १७ अंक लिएर रुरुक्षेत्र गाउँपालिकामा सञ्चालन भएको रास्ट्रपति रनिङ शिल्डको उपाधि हासिल गरेको हो, जनबोध लगातार तीन पल्ट प्रथम हुन सफल भएसङ्गै उसले सिङ्गो शिल्ड नै आफ्नो पक्षमा पारेको छ।
कार्यक्रममा दोस्रो वडा न।४ बलेटक्सारमा रहेको रेन्बो ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल भएको छ, जसले स्वर्ण ५ ,रजत १ र कास्य २ गरि कुल ८ अंक लिएको हो । त्यस्तै तृतीय वडा नम्बर ३ मा रहेको राष्ट्रिय माध्यमिक बिद्यालय बनेको छ । राष्ट्रिय माविले पनि ५ स्वर्ण, १ रजत र २ कास्य गरि ८ अङ्क पाएको हो। रेन्वो बोर्डिङ र राष्ट्रिय माविले सबै पदक बराबर जित्न सफल भएपनि समुहगत खेल अन्तर्गत छात्र कपर्दीमा रेन्वो प्रथम हुन सफल भएकोले दोस्रो बन्न सफल भएको आयोजकले जानकारी दिएको छ।
समापन समारोहमा खेल लाई समापन गर्दै गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले खेल भनेको विद्यार्थीको गहना भएकोले खेल बाट विद्यार्थीको हरेक क्षेत्रको बिकास हुने खेल बाट देशको नाम कमाउन सकिने हुँदा अहिले आएर पालिकाले केही बिद्यालयमा खेल शिक्षक समेतको ब्यबस्था गरेको बताउनु भयो ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष मिना देवि गौतम पालिका प्रबक्ता हरि प्रसाद ज्ञवाली वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेल वडा न ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ यस्तै कार्यापालिकाका सदस्यहरु सुरुक्षा निकाय , पत्रकार विभिन्न बिध्यालयका प्रधानाध्यापकहरुको आतिथ्यता रहेको थियो कार्यक्रममा शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।
प्रथम बनेको जनबोध माध्यमिक बिद्यालयले रु। १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उसले सिङ्गो शिल्ड नै आफ्नो पोल्टामा पारेको छ । त्यस्तै दोस्रो हुने रेन्वो बोर्डिङले रु। ७ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने तृतीय हुने राष्ट्रिय माध्यमिक बिद्यालयले रु। ५ हजार नगद ,ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
कार्यक्रम फाल्गुन ५,६ र ७ गते गरि तीन दिन सम्म सञ्चालन भएको हो । कार्यक्रम गाउँपालिकाको खेलमैदान घ्युबेशीमा संचालन भएको थियो।