के आर सुनार , प्युठान रहेर्दा ज्यानै सिरिङ्ग हुने सर्लक्क परेका दाप सङ्गै जोडिएर राखिएको खुकुरी राखिएको ूबिश्व प्रख्यात भोजपुरको इतिहासू,ूभोजपुरेको पौरख रास्ट्रको गौरबू र भोजपुरे खुकुरी ह्यान्डिक्राफ्टू जस्ता नाराहरु सहित ूबाजेदेखी नातिसम्म आफ्नो पेशालाई निरन्तरता दिदै आएकोू मुल नारा राखिएको महोत्सव हेर्न आउने दर्शकहरुको नजर पर्ने ठाउँ हो ब्यानरमा भोजपुरे खुकुरी लेखिएको स्टल नं ३८ ।
उक्त स्टलमा सिरुपाते,बुधुने,आहाल्खोल,तरबार लगायत सामुराई जस्ता विभिन्न थरिका खुकुरी एबम हातहतियार देख्न सकिन्छ । यी यस्ता खुकुरी हरु अहिलेको पुस्ता ले चिन्न नसकेको प्रती प्रोपाईटर पुर्ण बहादुर बिश्वकर्माले आफ्नो गुनासो हामिलाई बताएका छन । खुकुरीलाई बनाउदा लाग्ने लागत अनुसार मुल्य तोक्दा भनेजस्तो मुल्यमा बिक्रि नभएको उहाँका छोरा पारस बि क बताउछन । खुकुरीको गुण र आकारअनुसार मुल्य तोकिएको र १ हजार देखि ६ हजार ५ सय सम्मको खुकुरी रहेको बि क बताउछन । महोत्सव को पाचौं दिनसम्म आईपुग्दा १० भन्दा बढी खुकुरी बिक्री भैसकेको छ । आधुनिक पुस्ताले पुर्खाहरुको परम्परागत सामान चिन्न नसक्नु र सस्तो खोज्नाले यी यस्ता सामानहरु ओझेलमा पर्ने समस्या रहेको बि क बताउछन । स्टल नं ३८ भोजपुरे खुकुरीको उत्पादन भोजपुरमै गरिन्छ भने सुर्यबिनायक ६ पाण्डुबजार भक्तपुरमा स्वरुप अर्थात बिक्री केन्द्र रहेको छ । प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको ूकृषि पर्यटन उधोग र ब्यापार स् रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ सन्चालन गरिएको स्वर्गद्वारी प्युठान पाचौ महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म चल्नेछ।