सत्यवती गाउँपालिका गुल्मीले राँगो पालक कृषकहरुसंग अन्तरक्रिया तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सेवा र स्वरोगजगार संग जोडिएको पेशालाई सम्मानित बनाउने र राँगाको स्वास्थ्यमा सुधार ल्याउने संगै गाउँपालिका भित्र रहेका राँगाहरुको तथ्यांक ब्यवस्थित राख्ने उद्येश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा ३० जना राँगो पालक कृषकहरुको सहभागिता रहेको थियो भने तीन जना कृषकहरुलाई सम्मान समेत गरिएको खनालले जानकारी दिनुभयो
कार्यक्रममा पालिका अध्यक्ष टिकाराम पाण्डे,प्रमख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल संगै वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।