कपिलवस्तु, फागुन ९
दधि–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा राष्ट्रिय कवि गोष्ठी, रचना वाचन, कृति विमोचन तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ।कला, साहित्य हाम्रो स्वाभिमान, संस्कृति जगेर्ना हाम्रो अभियान´ भन्ने मुल नारालाइ आत्मसात गर्दै आज वाणगङगा नगरपालिका १ जितपुरमा कार्यक्रमको आयोजना गरिएको हो।कार्यक्रम मा कपिलवस्तु का विभिन्न साहित्यिक,शैक्षिक ,सामाजिक संघ संस्था विभिन्न बिधामा पुरस्कार स्थापक ज्युहरुको प्रतिनिधित्व उल्लेखनीय रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा गजल शिरोमणि बुँद रानाले मानवमा हार्दिकता नभएको र मानिसले मानिसका निम्ति सोच्नुपर्ने … जस्ता गहन भाव बोकेका रचना लयात्मक रुपमा प्रस्तुत गरि श्रोताहरुको मन जित्नुभएको थियो । हामी सबै सक्षम छौँ, हामिभित्र साहित्यको रश्मि रहेकोले त्यसलाइ उजागर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थिले साहित्य, संगीत र कला एक अर्काका पर्याय हुन् भन्ने कुरा कसैले भुल्नु नहुने बताउनु भयो । उहाँले आफुले साहित्यिक संस्थालाई गर्नुपर्ने सबै सहयोग गर्न तत्पर रहेको र नेपाली साहित्यको जगेर्ना सबैले गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
यस्तैगरि वाणगङगा नगरपालिकाका नगर प्रमुख चक्र अर्याल, वरिष्ठ साहित्यकार देवि पन्थी, गिरिराज डल्लाकोटी, संस्कृतिविद राजेन्द्रकुमार आचार्य लगायतले साहित्यमा छन्द आवश्यक रहने हुनाले श्रष्टाहरुले आफ्ना सिर्जनामा छन्दलाइ विशेष जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पवन अधिकारिको कविता सङ्ग्रह अन्यायका आँसुहरुको बिमोचन भएको थियो । सो कृतिमाथी साहित्यकार राजेन्द्रप्रसाद आचार्यले समिक्षा गर्नुभयो ।
नेपाली साहित्यको श्रीबृद्धिमा लाग्नुभएका देशभरिबाट छन्दनायक माधव वियोगी, डा. देवि पन्थी, राजेन्द्रकुमार आचार्य, पार्वती शर्मा निशा, मोहन ज्ञवाली, दिलिप कार्की, आँसुतोश कडेल लगायतका सात जना श्रस्टाहरुलाई रु ५५०५/ नगद,दोसल्ला,सम्मान पत्र सहित सम्मानित गरिएको थियो।
यस्तै कार्यक्रममा पशुपतिमणि त्रिपाठी, वासुदेव जमरकट्टेल, छन्दिका घिमिरे, वाणगङगा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण पाण्डे बुद्धिसागर बेल्बासे, पुनाराम गिरि, बालश्रष्टा जोशिका कडेल, पवन अधिकारी, कविता अधिकारी, लगायत ३ दर्जन बढी साहित्यकारहरुले आ आफ्ना रचना वाचन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता, सचीव सुशील अर्यालको स्वागत मन्त्यब्य रहेको कार्यक्रम उपाध्यक्ष दुर्गाप्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको संस्थाकी सह सचिब राधा पाण्डे ले जनाउनु भएको छ।