कृष्ण अन्जान
रुरुधाम
फागुनको एउटा बिहान । चिसो खासै कम भएको छैन ।उत्तर तिरबाट कालिगण्डकीको चिसो सिरोटो चल्दैछ । यही चिसो सिरेटोका बिच रुरुक्षेत्रको पवित्रधाम रुरुधाममा रहेको रुरु सँस्कृत विध्यापिठको परिसर सँगै सभाहलमा सोमवार बिहानै देखि राम्रै चहल पहल छ । त्यहाँको तामझाम देख्दा लाग्छ केही नयाँ कुरा हुने वाला छ । बिस्तारै बिहानको चिया बिस्कुटकोे मेलो मेसो सकिए सँगै रुरु सँस्कृत विध्यापिठको सभाहल डमक्कै भरिन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान ,नेपाल नाट्य तथा सँगित प्रज्ञा प्रतिष्ठान ,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका दुई दर्जन भन्दा बढि प्राज्ञ अतिथीको रुपमा र स्थानीय गन्यमान्य ,प्राध्यापक ,शिक्षक ,समाजसेवी ,स्थानीय निकायका प्रमुख उपप्रमुख ,वडाध्यक्ष ,वडा सदस्य देखि सर्वसाधारण सम्मले भरिएको सभाहलमा हाम्रो पहिचान र हाम्रो परम्पराका बारेमा छलफल कुराकानी र चल्छ ।
रुरु सँस्कृत विध्यापिठका प्राचार्य खगेश्वर गौतमले अध्यक्षता गरेको कार्यक्रममा आयोजक सँस्था लोकवार्ता परिषद नेपालका प्राज्ञ हरुका तर्फबाट कोषाध्यक्ष गायत्री पराजुली ले कार्यक्रमको उद्देश्य माथी प्रकाश पारी सकेपछि जित बहादुर रायमाझी ,हुमकान्त पाण्डे ,डाक्टर मोहनि लाल नेपाल ,धनेश्वर नेपाल सत्यवति गाउँ पालिकाकि उपाध्यक्ष निरमाया तरामु ,सुवर्ण लाल कक्षपति ,सत्यवति गाउँ पालिका अध्यक्ष टिकाराम पाण्डे ,रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले कसैले आफ्ना कार्यपत्र र कसैले आफ्ना धारणा राख्ने काम हुन्छ ।प्रमुख अतिथि तत्कालीन महेन्द्र सँस्कृत विश्वविद्यालयका पुर्व उपकुलपति माधवराज गौतमले सँस्कृती बचाउन सकिएन भने पहिचान गुम्न सक्ने बताउँदै सँस्कृती बचाउन सुझाव दिन्छन ।
सभाहल भित्रको ओैपचारिक कार्यक्रमको बिट मार्दै गर्दा विध्यापिठ परिसरमा ठाउँठाउँबाट आएका साँस्कृतिक समुहका चहल पहल शुरु भैसकेका हुन्छन ,वास्तवमा लोक साँस्कृतिक उत्थानका लागि रुरु सँस्कृत विध्यापिठले सँयोजन गरेको यो रमझम लोक साँस्कृतिक मेला भन्दा कम थिएन । बाहिर बाट आएका प्राज्ञ पाहुना तथा अन्य गन्यमान्यका अगाडी ठाउँ ठाउँका साँस्कृतिक पहिचान प्रस्तुत हुन्छ । रुरुक्षेत्र ५ बम्घाले सारँगी ,रुरुक्षेत्र १ च्यूरेकले स्थानीय भजन ,रुरुक्षेत्र ४ बलेटक्सार र रानीवासले नेवारी समुदायको लाखे नाच र घोँडानाच ,सत्यवती गाउँ पालिकाको एक्सिँगले जिवै मामा र झुरमा रानी नाच र सत्यवतीको भार्सेले सोरठी नाचले रुरुधाममा साँस्कृतिक पहिचान पस्किँदा साँच्चै वहुजाती ,वहुसाँस्कृतिक पहिचानमा देश प्रति गर्व लागेर आउँछ ।
छोटो समयको सदुपयोग गर्दै लोकवार्ता परिषद नेपालको सँगोष्टी र लोक सँस्कृतीको प्रदर्शन गर्न पाउँदा साँस्कृतिक उत्थानमा नया आयाम थपिएको रुरु सँस्कृत विध्यापिठका प्रमुख खगेश्वर गौतमले प्रतिक्रिया दिए ।हुनपनि यस्तो बौद्धिक ब्यक्तित्वसँगको भलाकुसारी सँगै साँस्कृतिक मेला रुरुधामको ईतिहासमा पहिलो मान्नु पर्ने खबरमा उल्लेख छ ।