राष्ट्रिय जनमोर्चाले गुल्मीको सदरमुकाम तम्घास बजारमा बिरोध सभा सम्पन्न गरेको छ । बुधबार ‘गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौ’ भन्ने नाराका साथ सो कार्यक्रम सम्पन्न भएको हो ।
बिरोध सभालाई सम्बोधन गर्दै राजमोका महासचिव मनोज भट्टले गणतन्त्रको बिकल्प राजा नभएको बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि यस्को विकलप नभएको र यिनीहरुले मरेको सिनो बोकेर कस्तुरीको धाक लगाएको आरोप पनि लगाएका छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापाले देशले अब संघीयता धान्न नसक्ने बताएकी छन् । सांसद थापाले राजावादी र राष्ट्रिय जनमोर्चाको लाइन फरक रहेको उल्लेख गर्दै राष्ट्रिय जनमोर्चाको रणनितिक उदेश्य जनवाद् हुँदै साम्यवाद रहेको र राप्रपाको उदेश्य राजतन्त्र फर्काउनु रहेको स्पष्ट पारिन ।
उनले देशको एक मात्र पाटी राष्ट्रिय जनमोर्चा मात्र देश र जनताको पाटी भएकोले सम्पुर्ण जनताहरुलाइ राष्ट्रिय जनमोर्चाको झण्डामुनी गोलबन्द हुन पनि आव्हान गरेकी छन् ।
सोहि कार्यक्रममा गुल्मी जिल्लाभरीबाट करिब ३ सय जना कार्यकर्ताहरुको उपस्थिती रहेको र कार्यक्रमको बिच–बिचमा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय कलाकारहरुको बेजोड प्रस्तुतिले कार्यक्रमको सोभा बढाएको गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं। ७ का राजमो अध्यक्ष बिनोद गिरीले ईपरी न्यूज बरेङलाई जानकारी दिएका छन् ।
राजमो गुल्मी जिल्ला अध्यक्ष जिबन रानाको अध्यक्षता रहेको बिरोध सभामा राजमो गुल्मी जिल्ला कोषाध्यक्ष टेक बहादुर केसीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन राजमो गुल्मी जिल्ला सचिव छविलाल सर्तुङ्गीले गरेका थिए ।