कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँ पालिका वडा न ३ को थानपति क्षेत्रमा भुस्याहा कुकुरको आतंकले उग्र रुप लिएको छ । बुधबार अपरान्ह रुरुक्षेत्र ३ स्यालपोखरीका दुर्गा बहादुर विकको बाख्राको पाठोलाई समुहमा आएका भुस्याहा कुकुरले दुईतिरबाट लुछेर लछारपछार पार्दै घाईते मात्र बनाएनन कुकर लखेट्न जाँदा घरधनी इन्दु वि क लाई समेत भुस्याहा कुकुरको जमातले लखेटेको थियो ।
ूगोठमा रहेको बाख्राको पाठालाई कुकुरले टोक्न थाले मैले लखेट्न जाँदा मलाई समेत लखेटे, घरभित्र दगुरेर जोगिएूँ इन्दु विकले भनिन । भुस्याहा कुकुरको आतंकले यतिबेला रुरुक्षेत्रको ३ थानपती र १ च्यूरेकको स्थानीय आतंकित छन । किसानले पालेका बाख्रा घरमै आएर टोक्ने लछारपछार पार्ने गर्न थालेपछि ूहाम्रो समस्या कस्ले बुझ्ने, भएको क्षति कसले भर्नेू दुर्गा बहादुर विकले गुनासो गरे ।
यस अघि रुरुक्षेत्र १ मा सीता विक, ३ मा रिता नेपाली र युवराज गौतमको घरमा यसैगरी बाख्रा माथी भुस्याहा कुकुरको समुहले आक्रमण गरि घाईते बनाएको र केही बाख्रा मरेका समेत थिए ।
रुरुक्षेत्र गाउँपालिकाले बजेटै व्यवस्थापन गरेर कुकुर बन्ध्याकरण गर्ने ,एन्टिरेविजको ईन्जेक्सन लगाउने काम गरिरहेपनि कुकुर आतंक भने समाधान भएको छैन र झन पछि झन गाउँघरतिर भुस्याहा कुकुरको आतंक बढेको पाईएको छ ।