कालिदास आत्रेय दौघा
शाइन रेसुङा डेभलपमेन्ट बैंक लि को १५औं बार्षिक उत्सवको अवसरमा सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एकदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। शाइन रेसुङा डेभलपमेन्ट बैंक लि खर्ज्याङ शाखाको आयोजना र रुरु जनसेवा पोलिकिल्निक र खर्ज्याङ स्वास्थ्य चौकी को सह आयोजनामा छत्रकोट गाउँपालिका वडा न ५ को केउल खरेयामा संचालित शिबिरमा रुरु जनसेवा पोलिक्लिनिकका डाक्टर विकाश पन्थीले विभिन्न रोगका १५० जना बिरामी हरुको स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
सो अबसरमा बिरामी हरुलाई निशुल्क रूपमा औषधी बितरण गरिएको थियोे । आर्थिक अबस्थाको कारण र शारीरिक असक्ताको कारण अस्पताल सम्म जान नसक्ने बिरामी हरुले आफ्नै गाउँ टोलमा उपचार पाउदा अत्यन्तै हर्षित बनेका छन । उनीहरुले बैंक को सराहनीय कामको मुक्त कन्ठले प्रसम्सा गरेका छन । शाइन रेसुङा डेभलपमेन्ट बैंक का अधिकृत दिप चन्द्र धिताल को अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रका प्रमुख अतिथी छत्रकोट गाउँ पालिका उपाध्यक्ष साबित्रा ज्ञवाली रहनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथि मा शाइन रेसुङा बैंक का निबर्तमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ ,रुरु जनसेवा पोलिक्लिनिकका प्रमुख डाक्टर विकास पन्थी र छत्रकोट ५ का वडा अध्यक्ष राम प्रसाद कंडेल रहनुभएको थियो । खर्ज्याङ स्वास्थ्य चौकी प्रमुख युवराज पान्डेको स्वागत मन्तव्य रहेको कार्यक्रम मा जन मा वि का प्र अ शिर बहादुर बुढाथोकी विशिष्ट अतिथिहरु राम प्रसाद कंडेल ,विकास पन्थी ,राजेन्द्र प्रसद श्रेष्ठ र प्रमुख अतिथि साबित्रा ज्ञवाली लगायत ले शुभकामना मन्तब्य राख्नु भएको थियोे । कार्यक्रम मा बोल्ने बक्ताहरुले प्राइभेट बैंक ले सामाजिक उत्तरदायित्य बहन गर्ने कार्यक्रम अन्तरगत स्वास्थ्य शिबिर सन्चालन गरेको मा धन्न्यबाद प्रकट गरेका थिए । प्रमुख अतिथि ज्ञवालीले यस्ता रचनात्मक र सकारात्मक कामका लागि सहयोग गर्न गाउँ पालिका सदा तत्पर रहने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन शाइन रेसुङा डेभलपमेन्ट बैंक खर्ज्याङका प्रबन्धक बिष्णु बि के ले गर्नुभएको थियो ।