कृष्ण अन्जान
पार्टीलाई आधारभूत तह सम्म पुर्याउने गरि नेकपा एमालेले शुरु गरेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियानको श्रृङखला जिल्ला बाट पालिका तह हुँदै वडा तह सम्म लाने तयारी तिब्र पारिएको छ । यसै श्रृङखला अनुरुपको पालिका स्तरीय कार्यकर्ता अभिमुखीकरण रुरुक्षेत्र गाउँ पालिकाको बलेटक्सारमा विहिवार आयोजना गरियो । अभिमुखीकरण कार्यक्रममा एमाले कार्यकर्ता माझ बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरेले पार्टीको आन्तरिक सँरचनालाई जिवन्त राख्दै सँगठन सुदृढीकरणमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिए ।
पछिल्लो चरणमा पार्टी भित्र देखिएका साँगठनिक अराजकतालाई चिर्दै बलियो एमाले निर्माणका लागि पार्टीले दुईमहिने मिसन ग्रासरुट अभियान चलाएको र यो अभियानले पार्टीको सँगठन बलियो चुस्त र दुरुस्त हुने पोलिट व्युरो सदस्य गैरेले बताए । केन्द्रीय प्रतिनिधिको रुपमा गुल्मीमा खटिएका गैरेले फागुन मसान्तसम्म भित्र वडा भेलाहरु सम्पन्न गर्दै चैत्र १ देखि १५ सम्म टोल भेला र बैशाख १ गते सम्म जनताका घरदैलो सम्म पुगेर आम जनता र पार्टीका समर्थक तथा कार्यकर्ता हरुका गुनासा र समस्या सुन्नुका साथै जनवर्गीय सँगठन निर्माण अभियान र पार्टीको सदस्यता नविकरण र नया सदस्यता अभियान घरदैलोमै सन्चालन गर्ने गरि पार्टीले आफ्नो अभियान सन्चालन गरेको उनले बताए ।
नेकपा एमाले गुल्मीको निर्देशन बमोजिम रुरुक्षेत्र गाउँपालिकाका वडाहरुमा मिसन ग्रासरुट अभियानका लागि जिल्ला कमिटीका सदस्य हरुलाई सहजकर्ता खटाईएको छ । रुरुक्षेत्र गाउँ पालिका वडा न १ मा कला पाण्डे ,वडा न २ मा मोहन पाण्डे ,वडा न ३मा रेशमराज न्यौपाने ,वडा न ४ मा शिवलाल ढकाल ,वडा न ५ मा सूर्य सोनी र वडा न ६ मा अभिमान शिँह रानालाई खटाईएको नेकपा एमाले जिल्ला कमिटी उपसचिव धर्म विश्वकर्माले जानकारी दिए । वडा स्तरीय पहिलो चरणको कार्यक्रम अन्तरगत रुरुक्षेत्र गाउँ पालिका वडा न ५ र ६ मा फागुन १८ गते ,वडा न १ र ४ मा फागुन २० गते र २ र ३ मा फागुन २७ गते पार्टीका कार्यकर्ता ,जनवर्गीय सँगठनहरु सम्मिलित बृहत वडा भेला तय गरिएको नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीका सचिव तोय नारायण ज्ञवालीले जानकारी दिए ।वडा भेलामा जिल्ला प्रतिनिधि सँगै सहयोगीको रुपमा वडा न १ मा पालिका कमिटी सदस्य वेद प्रसाद पन्त ,वडा न २ मा माधव ज्ञवाली ,वडा न ३ मा पार्टीका रुरुक्षेत्रका उपाध्यक्ष लक्ष्मी ज्ञवाली ,र सहसचिव घनस्याम अर्याल ,वडा ४ मा मीन प्रसाद ज्ञवाली वडा न ५ मा दुर्गा विक र वडा न ६ मा विनोद ज्ञवालीलाई खटाईएको छ ।
नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाका पार्टी अध्यक्ष फर्सुराम ज्ञवालीको अध्यक्षतामा भएको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान अभिमुखि करण कार्यक्रममा पार्टीकाग केन्द्रीय सल्लाहकार परिषदका सदस्य निलकण्ठ गौतम र कमल राज श्रेष्ठले आफ्ना धारणा राख्नु भएको थियो ।