असलम खान र मर्चवार
रुपन्देही स् रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिकामा कोभिड प्रतिकार कार्यक्रम परियोजना समीक्षा तथा समापन कार्यक्रम भएको सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष मर्चवारी गाउँपालिका प्रमुख गया प्रसाद बरई प्रमुख अतिथि पलिका का प्रमुख प्रशासकिय अधिकृत मीन प्रसाद भट्टराई विशिष्ट अतिथि उप प्रमुख आशा सिंह अतिथिमा मर्चवारी गाउपालिका का वडा नं।१ देखि वडा नं।७ सम्माका वडा अध्यक्ष र मर्चवारी गाउँपालिका का सबै बिद्यालयका प्रधानाध्यापक तथा कालिका स्वालम्बनका कार्यक्रम सुपरभाइजर शेषनाथ यादवको उपस्थिति रहेको थियोे। परियोजना समीक्षा तथा समापन कार्यक्रम युनिसेफ र यु ए आई डी को सहयोगमा मर्चवारी गाउँपालिका कार्यालयको समन्वयरसहकार्य कालिका स्वालम्बन ले आयोजना गरेको थियोे । टोल कक्षा संचालनको लागि आधारभुत तालिम एकीकृत पाठ्यक्रम,बहुकक्षा बहुस्तरको शिक्षण सिकाई तथा रिफेसर तालिम प्रबिधि शिक्षा आधारित ९३० शिक्षकहरूलाई प्रदान गरी ९३० वटा कक्षा संचालनमा रहेको र टोल शिक्षा कक्षाहरु मार्फत ३७४ बिद्यालय ३७७९७ जना कक्षा १ देखि ३ सम्मा बालबालिका प्रत्येक्ष लाभान्वित भएको कालिका स्वालम्बन का कार्यक्रम संयोजक अशोक लम्साल ले जानकारी दिनुभएको छ। कार्यक्रमको संचालन बिजय कुमार पालले गर्नु भएको थियोे भनी स्वागत मन्तव्य मर्चवारी गाउपालिका शिक्षा शाखा प्रमुख मनमोहन यादवले राख्नु भएको थिए