कृष्ण अन्जान
गुल्मी
रुरुधाममा रहेको रिडी माध्यमिक विध्यालयको सभाहल शुक्रवार अपरान्ह रुरुक्षेत्र गाउँपालिका वडा न १ का सामुदायिक विध्यालयका शिक्षक र शिक्षिका हरुले डमक्क भरिएको छ । शिक्षक ,शिक्षिकाहरु सँगै विध्यालय व्यवस्थापन समितिका अध्यक्ष ,रुरुक्षेत्र गाउँपालिका वडा न १ का जन प्रतिनिधि र गाउँ पालिका सामाजिक विकास समितिका सँयोजक पनि सँगै छन । भित्तामा व्यानरमा लेखिएको छ वडा न १ अन्तरगतका विध्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षकहरुको भेला तथा अन्तरकृया ।
रुरुक्षेत्र गाउँ पालिकाको वार्षिक कार्यक्रम अनुसार यो कार्यक्रम राखिएको सहजै अनुमान लाउन सकिन्छ । अन्तरकृयामा छलफलका विषयहरू छन विध्यालयहरुमा शैक्षिक गुणस्तरमा गिरावट आउँदै सुधार कसरी गर्ने ,निरन्तर विध्यार्थी मुल्यांकन लाई कसरी व्यवस्थापन गर्ने ,पाठ्यपुस्तकको व्यवस्थापन ,आधुनिक डिजिटल टेक्नोलोजी बाट शिक्षण सिकाईको व्यवस्थापन ,परीक्षा प्रणालीमा सुधार ,विध्यालय समायोजन शैक्षिक क्षेत्रका समस्या ।यिनै समस्या भित्र रहेर अन्तरकृया कार्यक्रममा करिब ३ घण्टा लामो बहस र छलफल गरियो । शिक्षक हरुले बेलैमा पाठ्यपुस्तक नआउने ,विषयगत शिक्षकको अभाव ,विध्यार्थी अनुशासन ,सामाजिक सन्जाल र मोवाईलको अत्यधिक प्रयोगले शिक्षण सिकाईलाई पारेको असर ,शैक्षिक क्यालेन्डरको व्यवस्थापन र विध्यार्थी सँख्याका समस्या सँगै विध्यालयको भौतिक सँरचनाबारे आफ्ना धारणा राखे भने व्यवस्थापन समितिका अध्यक्षहरुले विध्यालयको शैक्षिक गुणस्तर बढाउन अभिभावक र शिक्षक बिचको समन्वयलाई जोड दिँदै विध्यालयको भौतिक र शैक्षिक व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।छलफल र अन्तरकृयामा उठेका सवालहरुको जवाफ दिँदै रुरुक्षेत्र गाउँ पालिका सामाजिक विकास समितिका सँयोजक शेषनारायण पौडेलले शैक्षिक गुणस्तर बढाउन भौतिक सँरचना बाधक होईन यधपी एक्काईसौँ शताव्दीमा भौतिक सँरचनालाई पनि ख्याल गर्नु पर्ने बताए ।शैक्षिक क्षेत्र सुधारका लागि गाउँ पालिकाले धेरै काम हरु अगाडि बढाएको र बढाउने तयारी गरेको जानकारी दिँदै सँयोजक पौडेलले माध्यमिक विध्यालय सँग जोडिएका निम्न माध्यमिक विध्यालयमा यहि शैक्षिक सत्र देखि करिब २ करोड १५ लाखको लागतमा डिजिटल बोर्डमार्फत अत्याधुनिक टेक्नोलोजीमा शिक्षण सिकाईको व्यवस्थापन गर्न लागेको बताए ।
गाउँ पालिका भित्रका विध्यालयहरुमा विध्यार्थी सँख्याको अभावलाई मध्येनजर गर्दै सँभव भएका विध्यालयहरुलाई नजिकका विध्यालयमा समायोजनको नीति ल्याईएको र यसका लागि सडक पुर्वाधार भएका ठाउँहरुमा नजिकका विध्यालयमा पुर्याउन स्कुल बसको व्यवस्थापन र रिडी सँस्कृत तथा साधारण माध्यमिक विध्यालयलाई आवासीय विध्यालयको रुपमा विकास गर्ने तयारी भएको उनले बताए । कर्मचारीको अभावमा विध्यालयको नियमित अनुगमन हुन नसकेको ,पाठ्यपुस्तक बेलैमा पुर्याउन समस्या ,विषयगत शिक्षकको समस्या लगाएत धेरैकुरालाई सुधार गर्दै गाउँ पालिका भित्रको शैक्षिक सुधारका लागि ठोस काम भईरहेको उनको भनाई थियो ।
रुरुक्षेत्र गाउँ पालिका वडा न १ को लिडर विध्यालय रिडी माध्यमिक विध्यालयले सँयोजन गरेको कार्यक्रममामा रिडी सँस्कृत माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल विक ,भट्कुवा आधारभुट निमाविका अध्यक्ष कृष्ण ज्ञवाली ,जनज्योति प्राथमिक विध्यालयका अध्यक्ष अर्जुन ज्ञवाली प्रतिभा प्राविका अध्यक्ष हुतराज गौतम रिडी माध्यमिक विध्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजु लगाएत सहभागी विध्यालयका शिक्षक शिक्षिका प्रधानाध्यापक हरुले अन्तरकृया कार्यक्रममा आफ्ना धारणा राखेका थिए । रिडी माध्यमिक विध्यालयका प्राधानध्यापक रोहित भण्डारीको सन्चालनमा भएको कार्यक्रम रिडी माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजुको अध्यक्षतामा भएको थियो ।