कृष्ण अन्जान
पुर्तिघाट
पार्टीलाई आधारभूत तह सम्म पुर्याउने गरि नेकपा एमालेले शुरु गरेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान अनुरुपको पालिका स्तरीय कार्यकर्ता अभिमुखीकरण कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा शनिवार आयोजना गरियो । अभिमुखीकरण कार्यक्रममा एमाले कार्यकर्ता माझ बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरेले पार्टीको आन्तरिक सँरचनालाई जिवन्त राख्दै सँगठन सुदृढीकरणमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिए । पछिल्लो चरणमा पार्टी भित्र देखिएका साँगठनिक अराजकतालाई चिर्दै बलियो एमाले निर्माणका लागि पार्टीले दुईमहिने मिसन ग्रासरुट अभियान चलाएको र यो अभियानले पार्टीको सँगठन बलियो चुस्त र दुरुस्त हुने पोलिट व्युरो सदस्य गैरेले बताए । पछिल्लो चरणमा भुराजनितिको प्रभावले देश अस्थिरता तर्फ धकेलिएको बताउँदै एमाले नेता गैरेले पुष १० गतेको सहमति प्रगतिशील सहमति रहेकोमा विदेशी चलखेल बाट उक्त सहमती तोडिएको भनाई गैरेको थियो ।मिसन ग्रासरुट अभिमुखिकरण कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी गुल्मीका उपसचिव धर्म विश्वकर्माले पार्टी चुनाव देखि चुनाव सम्मको अवस्थामा मात्र सिमित जस्तो देखिएकाले पार्टीलाई गतिशीलता प्रदान गर्न मिसन ग्रासरुट अभियान सन्चालन गरिएको बताए । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तरगत फागुन मसान्तसम्म भित्र वडा भेलाहरु सम्पन्न गर्दै चैत्र १ देखि १५ सम्म टोल भेला र बैशाख १ गते सम्म जनताका घरदैलो सम्म पुगेर आम जनता र पार्टीका समर्थक तथा कार्यकर्ता हरुका गुनासा र समस्या सुन्नुका साथै जनवर्गीय सँगठन निर्माण अभियान र पार्टीको सदस्यता नविकरण र नया सदस्यता अभियान घरदैलोमै सन्चालन गर्ने गरि पार्टीले आफ्नो अभियान सन्चालन गरिने भएको छ ।
नेकपा एमाले गुल्मीको निर्देशन बमोजिम कालीगण्डकी वडाहरुमा मिसन ग्रासरुट अभियानका लागि जिल्ला कमिटीका सदस्य हरुलाई सहजकर्ता खटाईएको छ । कालीगण्डकी गाउँ पालिका वडा न १ मा अन्जु कँडेल केशी ,वडा न २ मा खेमराज ज्ञवाली र देव बहादुर बिक वडा न ३मा मदन विष्ट ,वडा न ४ मा लक्ष्मी देवि पन्थ ,वडा न ५ मा बिरवल पुरी र वडा न ६ मा हिमाल श्रेष्ठ र वडा न ७ मीना देवी गौतमलाई खटाईएको छ । मिसन ग्रासरुट अभियानका लागि कालीगण्डकी गाउँपालिकामा नेकपा एमाले प्रदेश कमिटीका सदस्य हरु हरि प्रसाद ज्ञवाली ,नर्मदा भण्डारी ,तुल्सा देवि श्रेष्ठलाई पनि विभिन्न वडा हरुमा सहभागी गराईने भएको नेकपा एमाले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजी ढकालले जानकारी दिए । पुर्तिघाट बजारमा भएको पालिका स्तरिय एमाले मिसन ग्रासरुट अभियान अन्तरगतको अभिमुखिकरण कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य हरि ज्ञवाली ,नर्मदा भण्डारी ,तुल्सा देवी श्रेष्ठ नेपाल राष्ट्रिय शिक्षक सँगठनका केन्द्रीय सदस्य राम प्रसाद ढकालले आफ्ना धारणा राखेका थिए ।कार्यक्रम नेकपा एमाले कालीगण्डकी गाउँपालिकाका पार्टी अध्यक्ष रामजी ढकालको अध्यक्षतामा भएको थियो ।