चन्द्रकोट गाउँपालिका
चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा मेलमिलापकर्ताहरुको लागि २ दिने क्षमता विकास तथा लेखनसिप कार्यक्रम समापन भएको छ। गाउँपालिका उपाध्यक्ष श्री विष्णुप्रसाद भण्डारीको अध्यक्षता र अध्यक्ष श्री युबराज खत्री क्षेत्रीज्युको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आज समापन भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, न्यायिक समिति सदस्य घनश्याम खरेल, मेलमिलापकर्ता तथा वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण अधिवक्ता विनिता गुरुङ, पुर्व जिल्ला न्यायधिस श्रीमान् भरतमणि खनाल तथा अधिवक्ता विपना आले मगरले गर्नु भएको थियो