कालिदास आत्रेय दौघा
छत्रकोट गाउँपालिकाबाट विद्यालयलाई ल्यापटप बितरण गुल्मीको छत्रकोट गाउँपालिकाले छत्रकोट ६ दौघाको बिकट ठाउँमा रहेको प्रगति आधारभूत विद्यालय भुल्के लाई एक थान ल्यापटप बितरण गरेको छ।
उक्त विद्यालयको २८ औ वार्षिक उत्सब तथा अभिभावक दिवसको अबसरमा आयोजित एक कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पान्डेल्रे ल्यापटप हस्तान्तरण गर्नु भएको हो। सो अबसरमा बोल्दै अध्यक्ष पाण्डेले बिद्दुतको पहुँच नपुगेको कारण उक्त विद्यालयलाई ल्यापटप बितरण गरिएको र यसबाट अफिसियल काममा सहजता साथै बालबालिका हरुको सिकाईमा समेत टेवा पुग्ने आशा लिएको बताउनु भयो।सो अबसरमा बिद्यार्थीहरुलाई कापी पेन्सील र स्टेशनरि समेत प्रदान गरिएको थियोे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमकला कुमाल को अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव समारोह का प्रमुख अतिथि छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे रहनु भएको थियो ।
त्यसैगरी विशिष्ट अतिथि छत्रकोट ६ का वडा अध्यक्ष नारायण रेस्मी रहनु भएको थियो । सो अवसरमा वडा सदस्य धर्मराज ढकाल सन्तोष , दौघा स्वास्थ्य चौकी इन्चार्ज ठाकुर ज्ञवाली, शिक्षक अभिभावक संघ का अध्यक्ष निर्मला कुमाल लगायतको आतिथ्यता रहेको थियो। कार्यालय सहयोगी आस्था मुखिया को स्वागत मन्तव्य रहेको कार्यक्रममा वाल कल्याण आधारभूत विद्यालयका शिक्षक कृष्ण ज्ञवाली,अभिभावक दामोदर ज्ञवाली , विशिष्ट अतिथि नारायण रेस्मी र प्रमुख अतिथि राम प्रसाद पान्डेले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विद्यालयका प्र अ सिन्धु ज्ञवालीले शैक्षिक प्रतिबेदन साथै १० लाख ७० हजार ३ सय असी रुपैयाँ असी पैसाको आम्दानी खर्चको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे । साथै विद्यालयमा स्थापित अक्षयकोष बाट पुरस्कार बितरण समेत बितरण गरिएको थियो।सो अबसरमा दौघा स्वास्थ्य चौकी बाट गाउँघर क्लिनिक सन्चालन गरि बिरामी हरुको स्वास्थ्य परिक्षण पनि गरिएको थियोे । कार्यक्रम को सन्चालन वालबिकाश सहयोगी कार्यकर्ता प्रतिमा पोखरेल ज्ञवालीले गर्नु भएको थियोे ।