कालिदास आत्रेय दौघा
लैङ्िगक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार भन्ने मुल नाराका साथ ११३औ अन्तराष्ट्रिय नारी दिवस गुल्मीको छत्रकोट ६ , दौघामा भब्य रूपमा मनाइएको छ। वडा कार्यालय छ्त्रकोट ६ दौघाको आयोजना मा सम्पन्न कार्यक्रममा साबिक दौघाका ९ वटै वडाका आमासमुहहरु , सबै विद्यालयका शिक्षक बिद्यार्थी विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत स्थानीय हरुको सहभागीता रहेकोे थियोे । वडा कार्यालय बाट सुरु भएको रयाली ब्यानर र विभिन्न प्लेकार्ड , नारा सहित गाउँ परिक्रमा गरि सभामा परिणत भएको थियोे । छत्रकोट गाउँपालिका कार्यपालिका सदस्य कमला ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रम का प्रमुख अतिथि छत्रकोट ६ का वडा अध्यक्ष नारायण रेस्मी रहनु भएको थियोे । त्यसैगरी बिशिस्ट अतिथि मा पुर्ब वडा अध्यक्ष थम्मन ज्ञवाली र जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका साहायक जिल्ला माहान्यायाधिवक्ता तुल्सीराम ज्ञवाली रहनुभएको थियोे । निरमाया ज्ञवालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम मा आमा समुहकी मिना ज्ञवाली , साना किसानकि सुनिता गाहा ,पुर्ब वडा सदस्य कृष्ण बहादुर रेस्मी , दौघा हरि आधारभूत विद्यालयका प्र अ कालिदास आत्रेय नेपाल राष्ट्रिय मा वि का प्र अ लक्ष्मण ज्ञवाली , छत्रकोट गाउँपालिकाका रोजगार सयोजक शोभा श्रेष्ठ बिशिस्ट अतिथि हरु थम्मन ज्ञवाली, तुल्सीराम ज्ञवाली र प्रमुख अतिथि नारायण रेस्मी लगायत ले मन्तव्य राख्नु भएको थियो। कार्यक्रम को बीचबिचमा विद्यार्थी हरुले गित नृत्य हरु प्रस्तुत गर्दा कार्यक्रम थप आकर्षक बनेको थियो। कार्यक्रमको संचालन कान्ता भट्टराई ज्ञवालीले गर्नुभएको थियोे ।