रैनादेवी छहरा गाउँपालिका ।
रैनादेवी माध्यमिक बिद्यालय रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी पाल्पाको स्वर्ण महोत्सव अन्तर्गत आज पाचौं दिनका विभिन्न कार्यक्रम सम्पन्न भएका छ्न।
स्वर्ण महोत्सवको अबसरमा आज २०७९-११-२६ गते भएको हाजिर जवाफमा मा वि स्तरियमा सदन माछापुच्छ्रे प्रथम, द्वितिय सगरमाथा सदन र तृतीय अन्नपूर्ण सदन भएका थिए साथै कक्षा १ -५ को हाँस हिडाई प्रतियोगितामा प्रथम वर्षा परियार , द्वितीय संगिता विक , तृतीय विवेक आले विद्यार्थी भाईवहिनिहरु भएका थिए साथै high jump प्रतियोगितामा मावि छात्रतर्फ प्रथम सुमन घर्ती , द्वितीय नारायण नेपाली ,तृतीय नारायण पौखरेल र छात्रा तर्फ प्रथम लक्ष्मी विक , द्वितीय इशा घर्ती तृतीय सुस्मा घर्ती भएका थिए ।यिलन long jump प्रतियोगितामा ९ मावि छात्रतर्फ प्रथम विनोद विक , द्वितीय भुवन खाम्चा ,तृतीय नारायण नेपाली र छात्रा तर्फ प्रथम पार्वता ताङनामि , द्वितीय सरिता रेगामी तृतीय अस्मिता विक भएका थिए । दौड प्रतियोगितामा मावि छात्रतर्फ प्रथम, नारायण पोखरेल द्वितीय सुमन घर्ती मगर ,तृतीय नारायण नेपाली र छात्रा तर्फ प्रथम आशा विक , द्वितीय तारा दर्लामि तृतीय सुस्मा घर्ती मगर भएका थिए ।
साथै निमावि स्तरीय दौड प्रतियोगितामा छात्रतर्फ प्रथम गोविन्द दर्जि , द्वितीय नारायण नेपाली ,तृतीय मौसम विक र छात्रा तर्फ प्रथम ईशा घर्ती मगर , द्वितीय प्रतिभा खाम्चा तृतीय दिपा घर्ती मगर भएका थिए । कार्यक्रमको अध्यक्षता प्राध्यानाध्यापक रिषिराम पोखरेल गर्नुभएको थियो भने पाँचौ दिनको कार्यक्रममा प्रमुख अथिती वडा सदस्य भिमा खाम्चाले बिद्यालयको प्रगतीको लागि सुभकामना ब्यक्त गर्नु भएको थियो । शिक्षक उमेश लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन दुर्गा गैरे, सन्दिप थापाले गर्नु भएको विद्यालयका सुचना अधिकारी दुर्गा गैरेले बताउनुभयो।