झ्वाँलेपाखो सामुदायिक वन रुरुक्षेत्र १ को अध्यक्षमा घनस्याम गुल्मी झ्वाँलेपाखो सामुदायिक वन उपभोक्ता समिति रुरुक्षेत्र वडा न १ को अध्यक्षमा घनस्याम ज्ञवाली चयन भएका छन । शनिवार स्थानीय झ्वाँलेमा भएको उपभोक्ता हरुको भेलाले रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडासदस्य समेत रहेका ज्ञवालीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।उपभोक्ता समितिको उपाध्यक्ष ,सचिव ,कोषाध्यक्ष ,सह सचिवमा क्रमशः कोपिला न्यौपाने ,बसन्त क्षेत्री ,अनिता ज्ञवाली र कृष्ण अन्जान ज्ञवाली चयन भएका छन । उपभोक्त समितिको सदस्यमा बिष्णु विक ,लाल बहादुर कुँवर ,बसन्त घिमिरे ,यमुना ज्ञवाली र चुन बहादुर क्षेत्री रहेका छन । उपभोक्ताहरुको भेलाले चेत बहादुर क्षेत्रीको सँयोजकत्वमा राम प्रसाद ज्ञवाली ,युवराज ज्ञवाली ,उमानाथ पाण्डे र सीता देवि ज्ञवाली सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । यसअघि झ्वाँले पाखो सामुदायिक बन उपभोक्ता समितिको अधिवेशनमा आफ्नो धारणा राख्दै पत्रकार कृष्ण अन्जान ज्ञवालीले सामुदायिक वन वास्तवमा समुदायको धन भएको र वातावरणिय सन्तुलन र आय आर्जनको हिसाबले पनि नेपालमा सामुदायिक वनको भुमिका ज्यादै महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीले वनको सँरक्षण सम्वर्धन र व्यवस्थापनमा वन उपभोक्ता समितिको विशेष पहल हुनुपर्ने बताउँदै समुदाय पनि आफ्नो वन सँरक्षण गर्न सजग हुनुपर्ने तर्क राखे । उमानाथ पाण्डेको अध्यक्षतामा भएको अधिवेशन उदघाटन सत्रमा सहसचिव दामोदर ज्ञवालीले आर्थिक प्रतिवेदन सँगै अघिल्लो कार्यसमितिले गरेका काम हरुबारे प्रस्ट्याएका थिए । अधिवेसनमा झ्वाँले पाखो सामुदायिक वनका पुर्व अध्यक्ष चेत बहादुर क्षेत्री ,रुरुक्षेत्र वडा न १ का वडा सचिव राम प्रसाद ज्ञवालीले आफ्ना बिचार राखेको थिए । तानसेन रिडी तम्घास मोटरबाटोको रातामाटा देखि माथि रहेको झ्वाँले पाखो सामुदायिक वन ३२ हेक्टर क्षेत्रफलमा फैलिएको घना वनक्षेत्र हो । मुख्यतः यो सामुदायिक वनमा साल ,सल्लो ,अमला ,हर्रो ,बाँस , लिवँस जातका रुखहरु रहेका छन भने बाघ ,चितुवा ,स्याल ,माउखाने ,बाँदर ,ढेँडुवा ,कालिज ,तित्रा लगाएत अनेकौँ प्रजातिका पशुपन्छि हरु पाईन्छन । विगतमा धेरै अमला पाईने र झ्वाम्म अमले भन्दा भन्दै अपभ्रँस भएर यो जँगललाई झ्वाम्म अमले भनिएको हो । यही जँगलको उपल्लो क्षेत्र झ्वाँलेमा रुरुक्षेत्र १ को पहलमा पिकनिक स्पोट बनाउने तयारी समेत शुरु भएको छ ।यहि बनको तल्लो भागमा तानसेन रिडी तम्घास मोटरबाटो ,रातामाटा बुढाआँप कफि अनुसन्धान केन्द्र जाने मोटरबाटो ,र बिचबाट सालबिसाउना झ्वाँले सेलपोखरी पानीटँकि मोटरबाटो गएकोले सडक सन्जालले पनि यो सामुदायिक वन चारैतिरबाट घेरिएको छ ।