छत्रकोट गाउपालिका गुल्मिमा नि :शुल्क स्वास्थ्य सिविर सम्पन्न,१ हजार १ सय ६४ जना बिरामिले नि:शुल्क स्वास्थ्य सेवा तथा औषधि प्राप्त गरे ।
रमेश पन्थी
फागुन २७
छत्रकोट गाउपालिका
छत्रकोट गाउपालिका गुल्मिमा नि :शुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ ।
फागुन २७ देखि श्रीङ्गा प्राथमिक स्वास्थ्य केन्द्र श्रीङ्गा गुल्मिमा सन्चालित सिबिरबाट १ हजार १ सय ६४ जना बिरामिले नि:शुल्क स्वास्थ्य सेवा तथा औषधि प्राप्त गरेका छ्न ।
सिविरमा सामान्य चिकित्सा सल्यक्रिया स्त्री तथा प्रशुती हाडजोर्नी नाक, कान ,घाँटी ,छाला तथा यौन रोग, इ सि जि ,दन्त चिकित्सा ,आँखा र मृगौला रोगको उपचार गरिएको थियो सिविर गाउँपालिकाको आयोजना तथा ग्रिन सिटि हस्पिटल काठमाडौँको सह -आयोजना र रोटरी क्लब अफ काठमाडौ डाउन टाउन र लायन्स क्लब अफ काठमाडौ गुल्मिको सहयोगमा गरिएको थियो ।
समापन समारोहमा मृगौला रोग बिशेषज्ञ डाक्टर प्रकाश पौडेलले करिव १ करोड ५० लाख रुपैया बराबरको सेवा प्रदान गरिएको दावी गर्नु भयो । उहाले श्रीङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा राम्रो रहेको भन्दै प्रसंसा समेत गर्नु भयो ।
ग्रीनसिटि हस्पिटल तथा रोटरी क्लब अफ काठमाडौका अध्यक्ष लोक बहादुर टण्डनले ५० जना जटिल समस्याका बिरामीको नि शुल्क उपचार गर्ने घँषणा गर्नु भयो ।लायन्स क्लब अफ काठमाडौका अध्यक्ष mjf थानेश्वर ज्ञवालीले सेवाका काममा सधै तयार रहेको बताउनु भयो ।
गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले सबैलाइ धन्यवाद दिदै सहकार्य आगामी दिनमा पनि निरन्तर गरि रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो कार्यक्रमको सहजीकरण सिअहेब सपना टण्डनले गर्नु भएको थियो