आज बिहिबार पहाडी भू(भागका केही स्थान तथा तराईका एक(दुई ठाउँमा अपराह्न तिर मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बझ राति देशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।
भोलि शुक्रबार आंशिकदेखि सामान्य बदली भइ पहाडी भू(भागका केही स्थानहरू तथा तराई भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति पहाडी भू(भागका थोरै स्थानहरुमा तथा तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुनेछ ।
शनिबार देशको पहाडी भू(भागका केही स्थानहरू तथा तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना छ।