शुक्रबार बिहानैदेखि देशका केही स्थानमा वर्षा

 

शुक्रबार बिहानैदेखि देशका केही स्थानमा वर्षा भइरहेको छ ।

बागमती, कोशी,लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विषेशगरी बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।

उनका अनुसार आज पनि साँझपख काठमाडौं उपत्यकामा क्षणिक वर्षाको सम्भावना छ। साथै देशको पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ।

शुक्रबार दिनभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। मौसमविद् पौडेलले अबका एक–दुई दिन देशभर मौसममा बदली हुने र त्यसपछि मौसममा क्रमशः सुधार हुँदै जाने जानकारी दिए।