चैत्र ३
चन्द्रकोट ।
विद्यार्थि एकता युवा क्लवद्धारा उदय माध्यमिक विधालय चन्द्रकोट गाउँपालिका मा कक्षा १देखि ५ सम्मका ६ जना गरिव तथा जेहन्दार विद्यार्थीलाई जिन्सि सामाग्री वितरण गरिएको छ।
उदय माध्यमिक विधालयको प्रांगडमा भएको कार्यक्रममा विद्यार्थी एकता युवा क्लवका अध्यक्ष हिम्मत पुनको सभाध्यक्ष बाट सुरु भएको कार्यक्रममा विधालयका प्रधानाध्यापक हरी प्रसाद न्यौपानेको प्रमुख आथित्यता विधालय व्यवस्थापन समितिका नि.वर्तमान विशिष्ट सदस्य दाचानन्द शर्मा ,११-१२ का संयोजक गोपाल प्रसाद शर्मा विधालय व्यवस्थापन समितिका नि-वर्तमान सदस्य छत्रबहादुर सार्कि ,कक्षा १ -५की संयोजक कमला शर्मा तथा अन्य शिक्षक शिक्षिकाहरु रहुनु भएको थियो ।
व्यवस्थापन समितिका नि.वर्तमान विशिष्ट सदस्य गोपालप्रसाद शर्मा ढा चानन्द सर रहरिप्रसाद न्यौपानेले क्लवलाई सुझाव ,सल्लाह, बधाईका साथै उन्नति र प्रगतिको कामना गर्नु भएको थियो । क्लवका उपाध्यक्ष मनिष अधिकारिले क्लवको विषयलाई प्रकाश पार्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि ,सभाध्यक्ष, विशिष अतिथिले विधार्थिलाई अविर लगाई पुरस्कार वितरण गर्नु भएको थियो
क्लवकी महिला सदस्य अस्मिता क्षेत्रीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन क्लवका कोषाध्यक्ष विपिन अर्यालले गर्नु भएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी ,विभिन्न राजनितिक दलका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।