गुल्मी
गुल्मीको श्रीङ्गिश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियू क्रान्तिकारी का विशाल थापा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा ८४ मत प्राप्त गर्दै थापा सभापति निर्वाचित भएका हुन्, यस् भन्दा पहिले पनि अनेरास्ववियू क्रान्तिकारी कै किसन पाण्डे सभापति चुनिएका थिए । उनको प्रतिस्पर्धी अनेरास्ववियुका कमल गिरीले ५३ मत प्राप्त गरे ।
त्यस्तै अनेरास्ववियू क्रान्तिकारी कै अनिश सुनार सबैभन्दा धेरै मत ल्याउँदै सचिव पदमा निर्वाचित भए। उनले कुल १४० मत मध्य ८६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्थी संगिता गन्धर्वले ४९ मत प्राप्त गरिन।
कोषाध्यक्ष पदमा भने अनेरास्ववियू क्रान्तिकारीकि अविसा ज्ञवाली र यमुना ज्ञवालीले बराबर ६४ मत प्राप्त गरे। गोलापर्था द्वारा प्रतिनिधि निर्वाचित गर्ने भनिएतापनि आइतबार गोलापर्था हुन नसकेपछि कोषाध्यक्ष पदमा को आउने भन्ने अझै टुंगो लाग्न सकेको छैन ।
निर्वाचन समितिले ५ मिनेट समय तोकिदिएकोमा अनेरास्ववियुले सो समयभित्र आफ्नो उमेदवारलाई उपस्थित गराउन नसक्दा गोलापर्था हुन नसकेको हो। सुरुमै ५ मिनेट समय तोकिसकेकोले सो समयभित्र अर्को प्रतिस्पर्थी उपस्थित नभएकोले सोझै आफ्नो उमेदवारलाई बिजेता घोषणा गरिनुपर्ने क्रान्तिकारीको माग छ।
यदि गोलापर्था नगरेर आधा आधा कार्यकालमा सहमति गर्ने हो भने पनि निर्वाचन समितिले तोकेको समयभित्र आफ्नो उमेदवार कार्यालयमा उपस्थित भएको तर अर्का प्रतिस्पर्थी उपस्थित नभएकोले पहिलो कार्यकाल आफुहरुले पाउनुपर्ने उनीहरुको माग छ। सहमति हुन नसकेपछि कोषाध्यक्ष पदको निर्वाचन मंगलबार सम्मलाई स्थगन गरिएको हो।
त्यस्तै सदस्य पदमा पनि क्रान्तिकारीकै उमेदवार बिजेता भएका छन् । आचल राना ७३ मत, सिर्जना बस्याल ६९ मत र अन्सु नेपाली ७३ मत सहित निर्वाचित भएका हुन् ।
सो क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी एवं ने.वि. संघको संयुक्त प्यानल बिच चुनावी प्रतिस्पर्धा भएको थियो ।