गुल्मी ।
स्कुटर चोरी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएर मुद्धा चलाएको छ । इस्मा गाउँपालिका १ की सीता खत्रीको नाममा रहेको लु ५० प ९२०२ नम्बरको स्कुटर चोरी गर्ने मदाने गाउँपालिका ६ का १८ बर्षीय हरि नेपाली र रेसुंगा नगरपालिका ८ का २१ बर्षीय बिजय नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बिहिबार रेसुंगा नपरपालिका २ को धागिथुममा घर अगाडी रोकिराखेको स्कुटर चोरेर बुटवल पुराएका थिए । पीडितका जाहेरीका आधारमा खोज्दै जाँदा बुटवल बसपार्कबाट पक्राउ गरेर मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए