कालिदास आत्रेय दौघा
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत १० दिने स्तर उन्नति व्यावसायिक अचार उत्पादन तालिम गुल्मीको छत्रकोट ६, दौघा जेहरिपोखरामा सुरु भएको छ । छत्रकोट गाउँपालिकाको आयोजनामा संचालित तालिममा छत्रकोट ६ का १६ जना महिला हरुको सभागिता रहेको छ । स्थानीय स्तरमा पाइने विभिन्न प्रकारका तरकारी तथा फलफूल बाट व्याबसायिक रूपमा अचार उत्पादन गरि आयआर्जन गर्ने उद्देश्यका साथ तालिम संचालन गरिएको हो । एक समारोहका बिच गरिएको तालिम उद्घाटन सत्र छत्रकोट ६ का वडा अध्यक्ष नारायण रेस्मीको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । कार्यपालिका सदस्य कमला ज्ञवालीको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा फोकल पर्सन होमनाथ पन्थले कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि साबित्रा ज्ञवालीले गुणस्तरिय सामान उत्पादन गरेको खण्डमा बजार व्यवस्थापन को जिम्मा गाउँपालिकाले लिन सकिने बताउनु भएको थियोे । १० दिन सम्म सन्चालन गरिने तालिम को सहजीकरण प्रशिक्षक भगवती वस्यालले गर्नुहुने भएको छ । कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता यमुना अधिकारीले गर्नुभएको थियोे ।