रुरुक्षेत्र गाउँपालिकाको प्रगति समिक्षा सम्पन्न, उपभोक्ता समिति गठन र श्रमदान पाउन कठिन भएको भनाई
रमेश पन्थी
चैत्र ११
गुल्मी
रुरुक्षेत्र गाउँपालिका गल्मीले दोस्रो चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
समिक्षा कार्यक्रममा वडा सचिव र शाखा प्रमुखहरुले विनियोजित कार्यक्रमको प्रगति र बाकी कार्यक्रमको योजनाको बारेमा जानकारी गराएका थिए ।
करिव ५८ करोड १४ लाख बढिको कुल बजेटको करिव ३७ प्रतिशत रकम खर्च दोस्रो चौमासिक सम्म गाउपालिकाले गरेको छ । २९० वटा योजनाहरु मध्ये हाल सम्म २६८ योजना सम्झौता भइ ७६ वटाको कार्यसम्पन्न भएको छ । २२ योजना सम्झौता हुन बाकी रहेका छ्न भने बाकी १९६ योजनाको काम भइ रहेको बताइएको छ ।
समिक्षा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सतप्रतिशत पुजिगत खर्चमा सवै वडा र पालिका मसिनो ढंगले लागि पर्नु पर्ने बताउनु भयो । काममा कुनै समस्या भए त्यसलाई कार्यपालिकाले तत्काल सहजिकरण गर्ने बताउनु भयो । सार्वजनिक र आर्थिक गतिबिधि गर्ने समितिलाई दर्ता प्रक्रियामा ल्याउने र टोल विकास समिसतिको पुर्णताको लागि निर्देशन समेत दिनु भयो ।
प्रस्तुत गरिएका प्रतिवेदनमा बसाई सराई नरोकिएको, साना योजना भएकाले झन्झटिलो भएको, उपभोक्ता समिति गठन र जन श्रमदान प्राप्त गर्न कठिन भएको औल्याइएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्यालले असारमा मात्रै भुक्तानी लिने बानिका कारण बित्तिय प्रगति दोस्रो चौमासिक सम्म पनि कम देखिएको बताउनु भयो सम्पन्न योजनाको पनि भुक्तानी माग दाबि नभएको उहाले बताउनु भयो । उहाले जनप्रतिनिधिले कर्मचारी र प्रशासनको काममा सचनात्मक सहयोग र आवश्यक निगरानि गर्नु पर्ने बताउनु भयो । कार्यक्रमको सहजिकरण दामोदर ज्ञवालीले गर्नु भएको थियो ।