रुरुक्षेत्र गाउपालिकामा स्वास्थ चौकी उद्घाटन, स्वास्थ्य संस्था बढाउने भन्दा सुबिधा बढाउनु पर्ने स्वास्थ्य मन्त्रीको भनाइ ।
चैत ११ रुरुक्षेत्र गाउपालिका
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु प्रसाद पन्थीले प्रदेशमा स्वास्थ्य संस्था प्रयाप्त भएकोले संस्थामा सेवा थप गर्नु पर्ने बताउनु भएको छ । शनिबार रुरुक्षेत्र गाउपालिका वडा नं. ४ मा स्वास्थ्य चौकीको नया भवन उद्घाटन गर्दै मन्त्री पन्थीले यस्तो बताउनु भयो । उहाले लुम्बिनी प्रदेशले कुल बजेटको १० प्रतिसत रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको र देसकै ठूलो १५ सय सैयाको लुम्बिनि प्रादेशिक अस्पताल निर्माणाधिन रहेको बताउनु भयो । उहाले रुरुक्षेत्र गाउपालिका देशका पालिकाहरु मध्ये विकसित पालिका भएको बताउनु भयो । उहाले स्वास्थ्य चौकिलाइ थाइराइड जाँच गर्ने मेसिन प्रदान गर्ने घोषणा समेत गर्नु भयो ।
गाउपालिका अध्यक्ष यदु ज्ञवालीले पालिकाको अत्याधिक जनघनत्व भएको र पालिकाको केन्द्र समेत बलेटक्सारमा रहेकोले स्वास्थ चौकी बाट डाक्टर सहितको सेवा प्रदान गर्न आवस्यक रहेकोले प्रक्रिया र सहयोगको माग गर्नु भयो । रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडि १५ सैयाको अस्पताल भए पनि, त्यो अस्पताल रुरुक्षेत्रको मात्र नभइ ब्यबहारिक रुपमा ३ जिल्लाको भएको बताउनु भयो ।उहाले ल्याब लगाएत अन्य भौतिक पुर्ब धारको पनि बलेटक्सार स्वास्थ्य चौकिमा कमि भएकोमा ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा आधुनीक डेन्टल समाज बुटवलका अध्यक्ष अमृत भुसाल स्वास्थ्य निर्देशनालयका प्रतिनिधि राम प्रसाद भट्टराईले सुभाकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष मिनादेबी गौतमले स्वागत गर्न भएको थियो ।
उद्घाटनका अबसरमा स्वास्थ्य निर्देसनालयको सहयोगमा बिशेषज्ञ डाक्टर सहितको टोलिले नि शुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिबिर बाट ४ सय १४ जनाले सेवा लिएका छन ।
करिव १ करोड ४३ लाख रुपैयाँको लगानिमा स्वस्थ्य चौकी निर्माण भएको हो ।
उद्घाटन समारोहको अध्यक्षता ब्यबस्थापन समितीका अध्यक्ष मोती प्रसाद श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम स्वास्थ साखा प्रमुख छ्त्र बहादुर अधिकारीले संचालन गर्नु भएको थियो ।