गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा अवस्थित उदय माध्यमिक विद्यालयमा मौसम स्टेशन -Weather station_ स्थापना गरिएको छ । यो-Weather station_ मौसम मापन यन्त्रले विद्यालयमा मौसम सम्बन्धि सैद्धान्तिक अध्ययन गर्दै आएका बिद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान उपलब्ध गराउन सहज हुने गाउँपालिका अध्यक्ष युवराज केसीले जानकरी दिनुभयो । कृषि सम्बन्धी प्राविधिक विषय अध्यापन हुने यस विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु तथा कृषकहरुलाई यस क्षेत्रको बर्ष भरिको सापेक्षित आद्रता, हावाको मात्रा, तापक्रम र बर्षाको तथ्याङ्किय जानकारी उपलब्ध हुने हुँदा कुन समयमा कुन बाली लगाउन उपयुक्त हुने र कस्तो बाली लगाउदा राम्रो उत्पादन गर्न सकिन्छ भन्ने विषयमा समेत कृषि बिशेषज्ञ र प्राविधिकहरुले यसको तथ्याङक अध्ययन गरेर योजना निर्माण गर्न सजिलो हुने समेत विश्वास लिईएको छ।
चन्द्रकोट ४ शान्तिपुरमा परियोजना संचालन गरिरहेको रुरु जलविद्युत परियोजनाको प्राविधिक र आर्थिक सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मीको समन्वयमा स्थापित यस प्रकारको -Weather station_ सम्भवत नेपालका विद्यालयस्तरका शैक्षिक संस्थामा स्थापना गरिएको पहिलो स्टेशन भएको रुरु जलविधुत परियोजनाका म्यानेजर विष्णुप्रसाद ज्ञवालीले बताउनुभयो ।
वातावरणिय परिवर्तन (Climate change) ले हुने रेसियोको बारेमा जानकारी दिने हुदाँ वातावरणिय प्रभाव न्यूनीकरणका कार्यक्रम गर्न सजिलो हुनुका साथै हाल सम्म यस क्षेत्रमा कुनै } -Weather station_ नभएकोले यस क्षेत्रका लागि उक्त प्रविधि उपयुक्त हुने विश्वास गरिएको छ ।
उक्त उपकरणमा जोडिएको सबै सेन्सरहरु अमेरिकन कम्पनीSparkfun electronic बाट निर्मित गरिएको र नेपाल सरकारकोDepartment of Hydrology and metrology ले त्रिभुवन युनिभर्सिटीमा जडान गरिएको weather station बाट caliberation गरिएको रुरु जलविधुत परियोजनाले जनाएको छ । उक्त स्टेशन उदय माध्यमिक विधालयको प्राङ्गणमा विद्यालयका प्रधानाध्यापक, कृषि विषयका शिक्षकहरु र स्थानिय अगुवाहरुको उपस्थितिमा जडान गरिएको थियो