१३ बर्षीया बालिका बलात्कार गरेको आरोपमा मुसिकोटका–१ का १९ बर्षीय जितेन्द्र विकलाई जिल्ला अदालत गुल्मीले १९ बर्ष कैद सजायँको फैसला गरेको छ । जिल्ला न्यायधिश बसन्तराज पौडेलको ०७९ चैत १० गतेको इजलासले कैदका साथै सात लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका तहसिलदार राम बहादुर कुवंरले जानकारी दिनुभयो । विकले ०७९ मंसिर २२ गते बालिकालाई बलात्कार गरेका थिए । प्रहरीले मंसिर २५ गते विकलाई गिरफतार गरेर अनुसन्धानपछि ०७९ पुस १७ गते अदालत पेश गरेको थियो । बालिकाको स्वास्थ्य परिक्षण गुल्मी अस्पताल तम्घासमा ०७९ मंसिर २४ गते भएको थियो ।