कालिदास आत्रेय
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत गुल्मीको छत्रकोट गाउँपालिकामा बाल शिक्षा शिक्षकका लागि संचालित चार दिवसीय तालिम समाप्त भएको छ। छत्रकोट गाउँपालिको आयोजनामा पालिकाको सभा हलमा संचालित तालिममा छत्रकोट गाउँपालिका भरिका ४४ जना बालबिकास सहजकर्ताहरुको सहभागीता रहेकोे थियोे । चार दिन सम्म संचालित तालिमको सहजीकरण नेपाल एजुकेसन गुड्स सप्लायर्स काठमाडौ का प्रमुख प्रमिता पाण्डे, कार्यक्रम तथा सामग्री व्यवस्थापक निर्मल प्रसाद पाण्डे र सह प्रशिक्षक राजकुमार घिमिरेले गर्नुभएको थियोे । तालीम निकै प्रभावकारी भएको सहभागीहरुको भनाई रहेको छ । तालिममा सिकेका कुराहरू व्यबहारमा लागु गर्न आग्रह गर्दै शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकाराम आचार्यले आगामी दिनमा पुन तालिमहरु संचालन गर्न पहल गर्ने बताउनु भयो । छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी प्रशिक्षकहरुलाई मायाको चिनो सहित सम्मानपत्र द्वारा सम्मान गरिएको थियोे । सो अवसरमा सहभागी कविता भण्डारी ले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे । त्यसैगरी सहभागीको तर्फबाट अनिता अर्याल र प्रशिक्षकको तर्फबाट प्रमिता पाण्डेले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले सहभागी हरुले तालिममा सिकेका कुरा कक्षाकोठामा कार्यान्वयन हुने अपेक्षा गर्दै बालविकासको लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन गाउँपालिकाबाट पहल गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियोे ।