केपी ओलिद्वारा छत्रकोटकोे पिपलनेटा–घडेरीटोला कालोपत्रे सडक उद्घाटन
चैत १४
छत्रकोट गुल्मी
पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलिले गुल्मीको पिपलनेटा–घडेरीटोला कालोपत्रे सडकको उद्घाटन गर्नुभएको छ ।
सडकको उद्घाटन गर्दै ओलिले योजनालाई पुर्णता दिन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाले देशभर आफुहरुको सरकार हुँदा नागरिकले आश गर्न लायक थुप्रै पुर्वाधार बिकासका काम अगाडी बढेकाले निरन्तरताको लागि एमालेले बहुमत प्राप्त गर्नुपर्ने बताउनु भयो ।
छत्रकोट गाउँपालिका ४ को दिगाम स्थित पिपलनेटा–दिगाम–धरमपानी–मानकोट–दैघा सडकखण्ड अन्तरगत १.०८ किलोमीटर सडक कालोपत्रे भएको हो । गुल्मी, पाल्पा र अर्घाखाँची जोड्ने १७ किलोमीटर सडक मध्ये सुरुको खण्ड कालोपत्रे गरिएको गाउँपालिकाका इन्जिनियर पुष्कर खनालले जानकारी दिनु भयो । प्रदेश समपुरक कोष अन्तरगत दुई करोड तीन लाख ८० हजार आठ सय ६७ रुपैयाँमा निर्माण गरिएको खनालले बताउनु भयो । यो योजना गत मसिरमा सम्झौता गरिएको थियो । यो सडक गाउँपालिका भित्र आन्तरिक सडक मध्ये पहिलो कालोपत्रे हो ।
यो सडक ०४९-५० सालमा पहिलो ट्र्याक खोलिएको हो । सडक झन्डै तीन दशकपछि कालोपत्रे गरिएको छ । उद्घाटन सभामा गाउँपालिका अध्यक्ष रामप्रसाद पान्डेयले तीन जिल्ला जोड्ने कालोपत्रे सडकले नागरिकको जीवन स्तर माथी उठाउन टेवा पुग्ने बताउनु भएको थियो । उहाले नागरिककको शिक्षा, स्वास्थ र खानेपानीको पहुँच अभिबृद्दी गर्दै कृषि तथा सडक संरचनामा पनि पालिकाले उदाहरणीय काम गरेको दाबि गर्नु भयो ।