गुल्मी
रुरुक्षेत्र गाउँपालिका वडा न १ निवासी पत्रकार कृष्ण अन्जान शहिद परिवारको रुपमा नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री बाट अभिनन्दित भएका छन ।
सोमबार सदरमुकाम तम्घासमा नेकपा एमालेले गरेको मोसन ग्रासरुट अभियान अन्तरगर पार्टीको प्रशिक्षणका क्रंममा आएका एमाले नेता ओलीले जनयुद्धमा मारिएका रुरुक्षेत्र १ च्यूरेकका भोजराज ज्ञवालीका छोरा पत्रकार कृष्ण अन्जान ज्ञवालीलाई शहिद परिवारको रुपमा सम्मान गरेका हुन ।
२०६० कार्तिक ९ गते नवलपरासीको सुनवलमा माओवादी को गोली लागेर मारिएका भोजराज ज्ञवाली नेकपा एमालेका कार्यकर्ता थिए । लामो समय भारतमा जागिरे जिन्दगी बिताएर नेपाल फर्केका भोजराज ज्ञवाली सुनवल प्रहरी चौकि अगाडि सानो व्यापार गर्दै आईरहेका थिए । नितान्त सर्वसाधारण , निहत्था र निरीह भोजराज ज्ञवालीलाई माओवादीले चलाएको गोलि छातिमा लागेको थियो ।
घटनाको १९ वर्षपछि नेकपा एमालेले शहिद परिवारको रुपमा उनका छोरा पत्रकार कृष्ण अन्जान ज्ञवालीलाई अभिनन्दन गरेपछि पार्टीले सम्झेकोमा पत्रकार अन्जानले कृतज्ञता व्यक्त गरेका छन ।
पीडा त हामीले व्योहेरेका छौँ हामीलाई सम्झिदिए पुग्छ प्रेस चौतारी नेपालका प्रदेश सदस्य समेत रहेका अन्जानले भने । जघन्य हत्याका १९ वर्ष भएका छन यी वर्ष हामीले आँसु पिएर बाँचेका छौँ यति लामो समय पछि नेकपा एमालेले सम्झ्यो यो सम्झनाले आँसु थाम्न गाह्रो भो कार्यक्रम स्थलमा आँखाभरि आँसु लिएर अन्जानले भने ।
हुनपनि भोजराज न राज्य पक्षका थिए न बिद्रोही पक्षका । भारत बाट नेपाल फर्केको डेढवर्षमा उनी मारिएका थिए ।