कृष्ण अन्जान
रुरुधाम
रिडीको तिनमुखे निर्माणको एक बर्ष बित्न नपाउदै यहाँको बिद्युतिय सोलार सिस्टम टोडफोड गरि क्षति ग्रस्त पारिएको छ्।
अज्ञात ब्यक्तिहरुले सोलार प्रणालि जडान गरिएको टावरको माथिल्लो भागको कक्षमा सोलारको उपकरण टोडफोड गरिएको छ ।
यसैगरी उक्त कक्षमा फोहर मैला तथा दिशापिशाब गरि दुर्घन्धित पारिएको छ्।
पुलमा जडान गरिएको बिजुलि वत्ति फोडिएको छ, नट हरु फुस्काइएको छ्।
रात्रीमा पुल निकै अन्धकार पारिएको छ्। समयमै सुरक्षा ब्यबस्था नहुने हो भने पुलमा थप क्षतिको सम्भवाना रहेको स्थानीय वासिन्दाको भनाई छ ।
रुरुक्षेत्रकै गौरवको रुपमा निर्माण भएको उक्त पुलको उदघाटन नहुँदै यस प्रकारको तोडफोड हुनु दुखद रहेको छ ।
घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालयमा सम्पर्क गर्दा यस प्रकारको अबान्छित गतिविधिको निगरानी शुरु गरिएको र रात्रिकालिन गस्ती समेत शुरु गरिने प्रहरी निरिक्षक यमलाल बन्जाडेले जानकारी दिए ।
रुरुधाममा तीन मुखे पुलको निर्माण कार्य सम्पन्न भईसकेपछि दैनिक जस्तो पर्यटकहरु पुल अवलोकन गर्न आउने र रातिको समयमा लाईटका कारण पुलमा घुम्ने धार्मिक पर्यटक हरुलाई यस प्रकारको अवान्छित गतिविधिले त्रास उत्पन्न भएको छ ।