रुरु एफ एम
चैत २७
छत्रकोट गाउँपालिका ।
छत्रकोट गाउँपालिका वडा नं २ पल्लीकोटमा ल्याब सेवा शुरु गरिएको छ । पल्लिकोट स्वास्थ्य चौकिमा प्राविधिक सहितको ल्याब सेवाको हिजो एक कार्यक्रमका बिच उद्घाटन गर्दै सेवा स्ुरु गरिएको हो ।
कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले स्वास्थ्य चौकि र त्यहा वाट प्रवाह हुने सेवा सबैको सम्पति भएकाले यसको उचित संरक्षण र सेवा प्रवाहमा सवैको ध्यान जानु पर्ने बताउनु भयो । गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालिले सुभकामना ब्यक्त गर्दै निरन्तर सेवा लिन र रोग लुकाएर नबस्न आग्रह गर्नु भयो ।
प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर पुनले गाउँपालिकाको तर्फ बाट जनशक्ती निरन्तर उपलब्ध गराइने भएकाले नियमित सेवाको लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा ब्यबस्थापन समितिका सदस्य एबम जनज्योति माध्यमिक बिद्यालयका प्राध्यानाध्यापक जित बहादुर रजालिले ल्याब सेवाको लागि टाढा जान नपर्ने भएकाले स्वास्थ्य समस्या जटिल हुन नपाउने भएको भन्दै खुशि व्यक्त गर्नु भयो ।
व्यवस्थापन समितिका अध्यक्ष एंव वडा अध्यक्ष नरेन्द्र पल्लिले पल्लिकोट स्वास्थ्य चौकिको सेवा गुल्मीदरबारको केहि भाग ,पल्लिकोट वडा र हुगा वडाको केहि भागका नागरिकले लिने बताउदै यसको दिगोपनको लागि सबैले काम गर्नु पर्ने बताउनु भयो ।
उहाले बाटो भिरालो भएकाले बर्षाको समयमा सेवा लिन आउन कठिन हुने भएकाले अप्ठयारा ठाउँमा बर्षा अगाडिनै केहि भाग सुरक्षित गर्न गाउँपालीकाको ध्यानाकर्षण गराउदै धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेल र सि अ हे व सपना टण्डनले गर्नु भएको थियो ।