रुरु एफ एम
चैत २७
छत्रकोट गाउँपालिका गुल्मीलाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
हिजो एक समारोहका बिच पालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष एंव खोप समन्वय समितिका संयोजक राम प्रसाद पाण्डेयले पुर्ण खोप सुनिश्चितताको दिगोपनको लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा सि अ हे व सपना टण्डनले पालिकाको खोपको बर्तमान आवस्थाको बारेमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । जिल्ला खोप समन्वय समितिका सदस्य एंव स्वास्थ्य कार्यलय गुल्मीका निरिक्षक बोम अर्यालले शुभकामना दिदै छत्रकोट गाउँपालीकाको स्वास्थ्य क्षेत्रका योजना तथा कार्यक्रमको प्रसंसा गर्नु भएको थियो ।
स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले कार्यक्रममा स्वागत गर्दै पुर्ण खोप सुनिश्चितताको लागी स्वास्थ्य शाखा र गाउँपालिकाले गरेका प्रयासको बारेमा बताउनु भएकोे थियो । छत्रकोट गाउँपालिकामा जन्मे देखि १५ महिना भित्रका २ सय ११ र १६ महिना देखि २३ महिना भित्रका २ सय ७ बालबालिकाले पुर्ण खोप लिएका छन । २५ प्रतिशत बाल मृत्युदर पुर्ण खोपले कम गर्ने तथ्याङ्क रहेको छ ।