रमेश पन्थी
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका गुल्मीका बिद्यालयहरुले चैत्र ३० गते बार्षिक नतिजा सार्वजनिक गर्ने भएका छन ।
विभिन्न राजनैतिक दलका प्रतिनिधि , परिक्षा समिति , जनप्रतिनिधिहरुको संयुक्त बैठकबाट हिजो आवश्यक सुझाव लिई गाउँ शिक्षा समितिले आज नतिजा सार्वजनिक गर्ने निणर्य गरेको शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले बताउनु भयो गाउँपालीकाले कक्षा ८को परिक्षालाई पालिका स्तरिय परिक्षाको रुपमा संचालन गर्दै आएको छ । छत्रकोट गाँउपालीकामा १४ वटा कक्षा ८ संचालन भएका विद्यालय छन । जसमा ३ सय ६८ विद्यार्थी अध्यनरत छन । पालिका भरी सामुदायिक र संस्थागत गरि ४७ विद्यालय रहेका छन , जसमा ५ हजार ३ सय ७ विद्यार्थी अध्यन रत छन ।