छत्रकोट गाउपालिकाद्धाराकक्षा ८ को नजिता सार्वजनिक, २ विषय लागेका विद्यार्थीलाइ पुरक परिक्षाको ब्यब्स्था ।
रमेश पन्थी
चैत ३०
छत्रकोट गाउँपालिका
छत्रकोट गाउपालिका गुल्मीले कक्षा ८ को वार्षिक नजिता सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०७९को प्राप्त नतिजाका विषयमा हिजो स्थानिय, राजनैतिक दल , जनप्रतिनिधि र गाउँशिक्षा समिति विचको छलफल पछि आज नतिजा सार्वजनिक गरेको हो ।
छत्रकोट गाउँपालीकामा यस वर्ष कक्षा ८ को परिक्षामा ३ सय ६८ विद्यार्थी सहभागि भएका थिए जसमा १ सय ३५ जना अर्थात ३६ दशमलव ६८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन ।
२ विषय लागेका विद्यार्थीलाइ पुरक परिक्षाको ब्यब्स्था गरिएको गाउँशिक्षा समिति सदस्य भुवन टण्डनले बताउनु भयो । पुरक परिक्षा दिन पाउने १ सय विद्यार्थी रहेका छन । उहाका अनुसार गत वर्ष १७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोमा यस वर्ष उत्तिर्णहुनेको सख्या बढेको बताउनु भयो । पुरक परिक्षाको तालिका र समय छिटो तय गरिने बताइएको छ ।