जनबोध माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण ।
हुमकान्त पोख्रेल
बैशाख ११
रुरुक्षेत्र गाउँपालिका
रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेको जनबोध माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय झोला, स्टेशनरी र हाइजिक किट वितरण गरिएको छ । चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टले विद्यालयका बालविकास देखि कक्षा आठसम्मका विद्यार्थी दुई सय विद्यार्थीहरुलाई झोला, कापि र हाइजिक किट वितरण गरिएको हो ।
प्रति विद्यार्थी करिब दुई हजारका दरले कुल चार लाख बराबरका सामग्री प्रदान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक देविराम कुँवरले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव एवम् चीनका लागि पूर्व नेपाली राजदुत लिलामणी पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली, संस्थाका नेपाल डाइरेक्टर जौ ज्वइछियाङ, एनजिओ ग्लोबल को–अपरेशन फर डेभलपेमेन्टका अध्यक्ष मुक्ति मरासिनी, संस्थाका कार्यक्रम संयोजक सुरेश प्याकुरेल, जिसीडिका सुपरभाइजर उत्तम कार्की लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी प्रसाद ज्ञवालीको अध्यक्षता, प्रधानाध्यापक बामदेव ज्ञवालीको स्वागत मन्तव्य आतिथ्यता एवम् देविराम कुँवरको संचालनमा सम्पन्न भएको थियो । जनबोध माध्यमिक विद्यालयले यस शैक्षिकसत्र बाट बिध्यार्थीकोलागि बस सेवा सुरु गरेको छ ।