ग्वादी माध्यमिक बिद्यालय गुल्मीले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
बैशाख २९
रुरुक्षेत्र गाउपालिका २ ग्वादी
ग्वादी माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउपालिका २ ग्वादी गुल्मीले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।




सार्वजनिक सुनुवाईको अध्यक्षता बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष चिरञ्जीबी अर्याल गर्नु भएको थियो । कार्यक्रममा प्रधानाध्यापक चुरामणी बरालले बिद्यालयको शैक्षिक,भौतीक र सिकाई उपलब्धीको प्रतिबेदन सार्वजनिक गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, वडा अध्यक्ष घनश्याम अर्याल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख झबिलाल बिकले गाउपालिकाले शिक्षामा गरेका काम र आगामी योजनाको बारेमा बताउनु भएको थियो । उहाले बिद्यार्थीको सिकाई उपलब्धी बढाउन अन्तरक्रिया निरन्तर गर्नेे,बिद्यालय अनुगमन प्रभावकारी गर्नेे,योजनाबद्ध ढंगले अगाडी बढ्ने, आगामी आ बमा ४ करोड बढी रकमको काम २ नं. वडाका ,शिक्षा लगायत बिकासमा लगानी गरिने,नैतिकता र स्वमूल्याङ्कन नीतिको व्यावस्थापन गर्ने,शैक्षिक सुधारका लागि प्रभावकारी कार्ययोजना बनाएर कार्यान्वयन गरिने बताउनु भएको थियो ।
गाउपालिकाको शिक्षा शाखको समन्वयमा गरिएको सार्वजनिक सुनुवाईमा बिद्यार्थी र अभिभावकले दरबन्धी र दिवाखाजाका बिषयमा जिज्ञासा, अंग्रेजी र नेपाली माध्यमका बिषयमा नितिगत जिज्ञासा र अंग्रेजी माध्यम बाट अध्यापन हुदा नतिजा घटेको गुनासो, पाठ्य पुस्तकको बिषयमा भएको भद्रसहमती कार्यान्वयनमा ध्यानाकर्षण, कक्षा ८ र ५ को प्रश्न पत्र र लिडर बिद्यालयको पूर्वाधारका बिषयमा सुझाब । अनुतिर्ण बिद्यार्थीलाई कक्षा चढाएको बिषयमा जिज्ञासा, सरकारी कर्मचारीका बालबालिका अनिवार्य सामुदायिक बिद्यालयमा अध्यापन गराउनु पर्ने गाउपालिकाको प्रयास लगायतका बिषयमा जिज्ञासा राखेका थिए
अभिभावक र बिद्यार्थीले उठाएका बिषयमा प्रधानाध्यापक चुरामणी बराल, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष चिरञ्जीबी अर्याल, खेलकुद शाखा प्रमुख झबिलाल बिक, वडा अध्यक्ष घनश्याम अर्याल र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जवाफ दिनुभएको थियो ।
ग्वादी माध्यमिक बिद्यालयमा लुम्बिनी प्रदेश मुख्यमन्त्री बिद्यालय सुधार कार्यक्रम अन्तर्गत नवपर्वधन साझेदारी कार्यक्रम अनुसार अध्यापन हुदै छ ।