रुरुक्षेत्र गाउँपालिकाले नीति तथा कार्यक्रमको लागि कृषक तथा सरोकारवालाबिच अन्तरक्रिया गर्यो ।
बैशाख ३१
रुरुक्षेत्र गाउँपालिका
रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा आगामी आर्थिक बर्षको लागि कृषि नीति तथा कार्यक्रमको लागि, गाउँपालिकासंग कृषक तथा सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा अगुवा कृषक, बजारीकरणमा सहयोग गरिरहेको पैचो पसल र गाउँपालिकाका जनप्रतिजिधी तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।
गाउँपालिका प्रमुख यदु ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा किसानहरुको समस्या सुन्ने र आगामी कार्यक्रममा संबोधन गर्ने गरेर सहजीकरण गरिएको थियो । अन्तरक्रियामा किसान तथा सरोकारवालाहरुले सवैभन्दा बढि बजारका बिषयमा गुनासो गरे । साथै पालिकाले कृषि तथा पशुपालनका कार्यक्रम र नीति बनाउँदा कृषि समुह तथा संजालसंग समन्वय गर्नुपर्ने सुझाव किसान र सरोकारवालाले दिएका थिए ।
गाउँपालिका प्रमुख ज्ञवालीले किसानहरु र पैचोबिचको समस्याको समाधनामा समन्वय गरिने बताउनुभयो । रुरु क्षेत्र गाउँपालिकाका किसानहरु लम्पी स्किनको समस्याले पीडित छन् । रोग नियन्त्रण र व्यावस्थापनको बिषयमा पनि कार्यक्रममा प्रश्न तथा गुनासा संकलन भएका थिए ।
पालिकाले पशुहरुमा महामारीको रुपमा देखा परेको लम्पी स्किनको समाधान गर्न पालिकाले राम्रो पहल गरेको गाइपालक अगुवा कृषक नारायण पौडेलले बताए । कृषि तथा पशु शाखाको सहजीकरण रहेको कार्यक्रमको संचालन पालिकाका कम्प्युटर अपरेटर दामोदर ज्ञवालीले गर्नुभएको पशु शाखा प्रमुख अमित ज्ञवालीले जानकारी दिए ।……………….